Logo
Logo

मैले भनेको नसुन्दा ओली बालकोट पुगे : प्रचण्ड



धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले भनेको नमान्दा एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले प्रधानमन्त्री पद गुमाएको बताएका छन् ।

बुधबार कैलालीको भजनी नगरपालिकाको प्रशासकीय भवन उदघाटन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘मैले भनेको कुरा नसुनेपछि ओलीजीले प्रधानमन्त्री पद गुमाउनु भएको हो ।’ उनले थपे, ‘मैले भन्याजति केही काम नगर्ने कसम खाए केपी ओलीले । त्यही भएर उनी बालुवाटारबाट बालकोट पुगे । अहिले सातै प्रदेशबाट सरकारबाट हात धुनुपर्याछ ।’

अध्यक्ष प्रचण्डले अहिले आफू प्रधानमन्त्री पदमा नभएपनि प्रधानमन्त्रीभन्दा कम नभएको समेत बताए । उनले भने, ‘हुन त अहिले म प्रधानमन्त्री छैन । तर, प्रधानमन्त्रीभन्दा कम पनि छैन ।’

प्रतिक्रिया दिनुहोस्