Logo
Logo

कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ


0
Shares

बझाङमा कुकुरलाई जिउँदै सेतीमा फाल्ने महिला पक्राउ – Online Khabar

बझाङ । बझाङको जयपृथ्वी नगरपालिका-१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फाल्ने एक महिला पक्राउ परेकी छन् ।

पुलको पश्चिम किनाराको रेलिङमुनिबाट एक महिलाले कुकुरलाई धकेलेर सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा कुकुरलाई पुलबाट फाल्ने महिला जयपृथ्वी नगरपालिका-३ पडेष गाउँकी ४२ वर्षीया बिमला देवी रोकाया रहेको खुलेको प्रहरीले जनाएको छ ।रोकायालाई असोज १ गते बेलुकी पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्