Logo
Logo

जेलमा रोटरीको सीपमूलक तालिम



काठमाडौं । केन्द्रीय कारागार बन्दी सुधार गृहका २५० जना बन्दीलाई रोटरी क्लब अफ काठमाडौं बेष्टले सात दिने सीपमूलक तालिम दिएको छ ।

क्लबका तर्फबाट प्रशिक्षक सजना नकर्मीले बन्दीहरुलाई लुगा धुने डल्ला साबुन, झोला साबुन र लुगा धुने डिटरजेन्ट पाउडर बनाउने तालिम दिएका थिए ।

घरेलु तरिकाबाट घरमै साबुन बनाउने प्रशिक्षणका लागि आवश्यक कच्चा पदार्थ रोटरी क्लब अफ काठमाडौं बेष्टले उपलब्ध गराएको थियो ।

बन्दीगृहमा रहेका बन्दीहरुले जेलभित्र पनि साबुन उत्पादन गर्न सक्छन् । तर, त्यसको बजार व्यवस्थापन भने जेल प्रशासनको सहयोगमा गर्नुपर्ने हुन्छ ।

सीपमूलक तालिमबाट लाभान्वित भएका बन्दीहरुलाई क्लबले प्रमाणपत्र उपलब्ध गराएको छ । सो कार्यक्रममा क्लबका प्रिसिडेन्ट शारदाभक्त रञ्जित, पिपि महेन्द्रराज राजकर्णिकार, सदस्य उर्मिला डंगोल र सुरज सागाँछेको उपस्थिति थियो ।

सो अवसरमा जेलर डोलेन्द्र निरौला र एसपी उमेश पण्डितले क्लबप्रति आभार व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्