‘सुदूरपश्चिम प्रदेश सरकार तत्काल परिवर्तन हुँदैन’ « Drishti News – Nepalese News Portal
Logo

‘सुदूरपश्चिम प्रदेश सरकार तत्काल परिवर्तन हुँदैन’


हिक्मत बम


Puspakamal-Dahal-Prachanda

धनगढी । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेश सरकार तत्काल परिवर्तन नहुने बताएका छन् ।

बुधबार धनगढी विमानस्थलमा प्रेस सेन्टर कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले प्रदेश सरकार तत्काल परिवर्तन नहुने बताएका हुन । उनले वर्तमान सरकारलाई तदारुकताका साथ काम गर्न आग्रह गरेका छन् ।

यस्तै, उनले तीनै तहको निर्वाचन एकैपटक गर्नुपर्ने आवाज बलियो रुपमा उठ्न थालेपछि प्रधानमन्त्री देउवासँग छलफल गरिएको बताए । ‘प्रधानमन्त्रीज्यू पनि त्यस विषयमा सकारात्मक हुनुहुन्छ,’ अध्यक्ष दाहालले भने, ‘सबै तहसँग छलफल गरेर उपयुक्त निष्कर्षमा पुगिने छ ।’

पटकपटक चुनाव गर्दा राज्यलाई खर्च भार पनि बढी हुने र जनतालाई पनि दिक्क लाग्ने हुँदा सबै चुनाव एकैपटक गर्नुपर्ने माग आउन थालेको उनले बताए ।उनले न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयबाटै हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्