Logo
Logo

गाई काटिरहेको अवस्थामा २ जना पक्राउ



बाँके । प्रहरीले गाई काट्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खजुरा गाउँपालिका–५ उडारापुर बस्ने ४० वर्षीय हकिम बेहना र ४५ वर्षीय वकिल बेहना छन् ।

उनीहरुलाई गाई काटिरहेको अवस्थामा बुधबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले सोही गाउँपालिकास्थित उडारापुरमा गाई काटीरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले ३० किलो गाईको मासु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्