Logo
Logo

बिउ बिजन र विषाधि बिक्रि वितरण गर्ने पसलहरुमा अनुगमन



काठमाडौं । कृषि ज्ञान केन्द्र कपिलबस्तुले एग्रोभेट, बिउ बिजन तथा विषाधि बिक्रि बितरण गर्ने पसलहरुमा अनुगमन गरेको छ ।

कृषकहरुको बाली संरक्षणका लागि म्याद नाघेका बिउ बिजन तथा विषाधि विक्रि वितरण हुन नदिन ज्ञान केन्द्रले कपिलबस्तु नगरपालिकाको १० र मायादेवी गाँउपालिकाको ४ वटा एग्रोभेट, विउ विजन तथा विषाधिका पसलहरुमा अनुगमन गरेको हो ।

अनुगमनको क्रममा अधिकंश पसलहरुमा मूल्य सूची नभएको, दर्ता प्रमाण पत्र नविकरण नभएको भेटिएको छ भने विषधिहरु बेग्लाबेग्लै स्थान राखिनु पर्ने भएपनि एकै स्थानमा राखिएको पाइएको छ । त्यस्ता पसलहरुलाई सुझावसहित नियमानुसार गर्न चेतावनी दिइएको कृषि ज्ञान केन्द्रका विषाधि निरिक्षक सत्यराम हरिजनले जानकारी दिए ।

विषाधिलगायत सामग्रीहरु बिक्री बितरण गर्नको लागि व्यवसायीले ग्लोब्स,मास्क अनिवार्य प्रयोग गर्नु पर्ने र हरेक पसलको अगाडी हात धुनको लागि अनिवार्य व्यवस्था गर्न पनि ध्यानाकर्षण गराईएको कृषि ज्ञान केन्द्र कपिलबस्तुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्