
काठमाडौं । आइक्यूएअरडटकमका अनुसार भारतको दिल्ली शहर विश्वकै अतिप्रदूषित शहर बनेको छ । त्यहाँको युएस एक्यूआई २१० पुगेको छ ।
यसैगरी, नेपालको राजधानी काठमाडौं उपत्यका विश्व अति वायु प्रदूषित शहर सूचीको चौथो स्थानमा उक्लिएको छ ।
आइक्यूएअरडटकमका अनुसार यतिखेर काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचक १६९ आइक्यू छ । शून्यदेखि ५० सम्म एक्यूआई हुँदा मात्रै सो स्थान स्वस्थ मान्न सकिन्छ ।
दोस्रो स्थानमा रहेको पाकिस्तानको लाहोर शहरको एक्यूआई १८६ र तेस्रो स्थानमा रहेको भारतकै कलकत्ताको एक्यूआई १६३ छ ।
बंगलादेशको राजधानी ढाका अति वायु प्रदूषित सूचीको चौथो स्थानमा छ । यतिखेर ढाकाको एक्यूआई १५७ छ । अमेरिकी मापदण्डअनुसार १५१ देखि २०० सम्मको एक्यूआई अस्वस्थ र २०१ देखि ३०० सम्मको एक्यूआई मात्रा हुँदा वातावरण अति अस्वस्थ हुन्छ ।














