Logo
Logo

एमालेको महाधिवेशनमा प्रचण्ड सहभागी नहुने



काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनमा विभिन्न देशका नेताहरु र नेपालका विभिन्न दलका नेताहरु सहभागी हुने भएका छन् । महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सम्बोेधन गर्दैछन् ।

उक्त महाधिवेशनका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि निम्तो आएको छ । तर, प्रचण्ड शुक्रबार चितवनमा उद्घाटन हुने प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को महाधिवेशनको उद्घाटनमा सहभागी नहुने भएका छन्।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अन्तै पूर्वनिर्धारित कार्यक्रम भएकाले प्रचण्ड शुक्रबार चितवन जान नसक्ने भएका हुन्।

प्रचण्डको सचिवालयका अनुसार प्रचण्ड भोलि काभ्रेका दुई कार्यक्रममा सहभागी हुँदैछन्।

महाधिवेशनको उद्घाटनमा सहभागी हुन केही दिनअघि एमाले नेता राजन भट्टराईले प्रचण्ड निवास खुमलटार पुगेर उनलाई निम्तो दिएका थिए।

प्रतिक्रिया दिनुहोस्