Logo
Logo

राष्ट्रिय सातौं उद्योग दिवस बाजुरामा पनि मनाइयो



नन्दा थापा

बाजुरा । राष्ट्रिय सातौं उद्योग दिवस बाजुरामा भव्य रुपमा मनाइएको छ । ‘स्वदेशी उद्यम र उत्पादन, दिगो औद्योगिक पुनरुत्थान’ भन्ने नाराका साथ बजार परिक्रमा गरी दिवस मनाइएको हो ।

‘राष्ट्रिय सातौं उद्योग दिवस सफल पारौं, उद्योग गरौं उद्यमी बनौं, स्वरोजगार बनौं आत्मनिर्भर बनौं’ भन्ने नारा सहित दिवस मनाइएको घरेलु तथा साना उद्योग कार्यलयका प्रमुख मानबहादुर चाँडले बताएका छन् । ऱ्यालीमा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, प्रहरी नायव उपरिक्षक चतुर्भज ओझा लगायत कार्यलयका प्रमुख, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

घरेलु तथा साना उद्योग कार्यलयबाट सुरु भएको र्याली हिलटप होटलमा आएर औंपचारिक कार्यक्रममा परिणत भएको कार्यलय प्रमुख चाँडको भनाई छ । कार्यलयका प्रमुख मानबहादुर चाँडको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी प्रमुख अतिथि रहेका थिए भने उद्योग बाणिज्य संघ बाजुरा अध्यक्ष देवबहादुर रोकाया विशिष्ट अथिति रहेका थिए । कार्यक्रममा सरकारी तथा गैरसरकारी कार्यलय प्रतिनिधि, उद्योगी व्यवसायी पत्रकार लगायतको सहभागिता रहेको थियो ।

हिलटप होटलमा मनाईएको दिवसको औपचारिक कार्यक्रममा ९ जना उद्योगीलाई सम्मान गरिएको छ । राष्ट्रिय सातौं उद्योग दिवसको अवसरमा स्वदेशमै उद्यम गरी स्थानिय उत्पादनलाई जोड दिदै दिगो औद्योगिक पुनरुत्थानमा टेवा पुर्याएको भन्दै ९ जनालाई नगद सहित सम्मान गरिएको हो ।

सम्मानित हुनेमा बडिमालिका नगरपालिका ८ मा रहेको बुढीनन्दा चप्पल उद्योगका सञ्चालक पद्मा रोकाया, हिमाली गाउँपालिकामा रहेको हिमाली हाते कागज उद्योगका सञ्चालक चन्द्रविर बुढा, बडिमालिका नगरपालिका ८ मा रहेको पेमा मैनबत्ती उद्योगका सञ्चालक पेमा गुरुङ्ग, गौंमुल गाउँपालिकामा रहेको लक्ष्मी अल्लो भाङ्ग्रो उद्योगका सञ्चालक, बडिमालिका नगरपालिका ९ मा रहेको दिपक फर्निचर उद्योगका सञ्चालक मन्धरी विक, पुजा फर्नीचर उद्योगका सञ्चालक डम्मर जैशी, दिव्यश्वरी हाते कागज उद्योगका सञ्चालक पर्वत शाही, न्यु आर के नेपाली हाते कागज उद्योगका सञ्चालक ऐनबहादुर शाही, मार्तडी बजार व्यवस्थापन समिति उद्योग बाणिज्य संघ बाजुरा रहेका छन् । उनीहरुलाई प्रमाणपत्र र २ हजार नगद सहित सम्मान गरिएको घरेलु तथा साना उद्योग कार्यलय बाजुराले जनाएको छ ।

साथै सातौं उद्योग दिवसको अवसरमा घरेलु तथा उद्योग कार्यलयबाट भर्खरै सेवाबाट निवृत हुनुभएका विक्रम कटुवाललाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको कार्यलयका प्रमुख चाँडले बताए । कार्यक्रमका सहभागि उद्यमीहरुले कच्चा पदार्थ संकलनमा समस्या भईरहेको बताएका छन् । वनबाट निकासी गर्ने काठ लगायत कच्चा पदार्थमा वन समिति, वन उपभोक्ता समितिले रोक लगाएका कारण उद्योग सञ्चालन गर्न समस्या भईरहेको बताएका छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले उद्योग सञ्चालनका लागि बनाईने कच्चा पदार्थलाई सजिलोसंग आयातका लागि सरकारी वन, कवुलियती वन र वन समितिसंग सहजीकरण गर्न उद्योग कार्यलयलाई निर्देश गरेका छन् । कार्यक्रमको सञ्चालन घरेलु तथा साना उद्योग कार्यलयका बरिष्ठ उद्यम विकास सहजकर्ता पदम ऐर गरेका छन् ।

१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु
जिल्ला सदरमुकाम मार्तडीमा र यहाँका ९ वटै स्थानीय पालिकाहरुमा महिलामाथि हुने विभेद र घरेलु हिंसा अन्त्य गर्नका लागि १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले ६ बुँदे लैङ्गिक हिंसा विरुद्धको अभियानको प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै सुरुवात गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय बाजुरा, बडीमालिका नगरपालिका र जिल्ला प्रहरी कार्यालय बाजुराको अगुवाईमा विभिन्न संघसंस्थाको समन्वयमा उक्त अभियानको सुरुवात गरेको बडीमालिका नगरपालिका महिला तथा बालबालिका समाज उप–शाखा प्रमुख केशरी रोकायाले बताएकी छन् ।

हरेक वर्ष मनाइदै आएको उक्त दिवस, ¥याली सहितको कार्यक्रमबाट सुरुवात गरिएको हो । ७ फवु्रअरी सन् २००० मा भने संयुक्त राष्ट्रसंघको महासभाले यो दिवसको प्रस्तावलाई पारित गर्दै २५ नोभेम्बरबाट डिसेम्बर १० सम्म मनाइने गरेको छ । हिंसामा परेका महिलाहरुको न्यायका लागि महिलाको हक अधिकार प्रत्याभुत गर्न यो दिवस मनाउन थालिएको हो ।

हरेक वर्ष २५ नोभेम्बरका दिन लैङ्गिक हिंसा विरुद्धको ऐक्यवद्धता जनाउन र महिला हिंसा विरुद्धको जनचेतजना जगाउदै हिंसा न्युनिकरण गर्नेका लागि यो दिवस मनाइदै आएको उप शाखा प्रमुख केशरी रोकायाले बताएकी छन् ।

घरबाटै सुरु गरौं,महिला हिंसा अन्त्य गरौं भन्ने मुल नाराका साथ बाजुरामा पनि उक्त दिवस मनाइने भएको छ । अभियानको पहिलो दिनको ¥याली पछि कोण सभामा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले महिला हिंसा हुनुमा बाल विवाह,छाउपडी प्रथा र मदिरा सेवन रहेको बताएका छन् ।

उनले वर्षाैदेखि चल्दै आएको छाउपडी प्रथा, बाल विवाह र मदिरा सेवनको अन्त्य नहुन्जेलसम्म महिला माथि हुने विभिन्न खालका हिंसाहरु अन्त्य गर्न नसकिने बताएका छन् ।

प्रत्येक महिलाहरुले घरमा हुने हिंसा थुप लागेर बस्नुको साटो प्रहरी,प्रशासन र मानव अधिकारकर्मीसंग सम्पर्क गरी कानुनी दायरामा ल्याउन सहयोग गर्न सबैमा आग्रह गरेका छन् । महिला माथि हुने घरेलु हिंसा,जवरजस्तीकरण लिङ्गका आधारमा गरिने विभेद अन्त्यका लागि अग्रसर हुन जरुरी रहेको प्रजिअ अधिकारीले बताए ।

प्रभातफेरिमा जिल्लास्थित सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख सुरक्षाकर्मी संचारकर्मीं विद्यार्थी,राजनितिक दलहरुको सहभागी थिए । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक चतुर्भुज ओझाले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य तथा जानकारी बडीमालिका नगरपालिका महिला तथा बालबालिका समाज उप शाखा प्रमुख केशरी रोकायाले गरेकी हुन् ।

मदिरा सेवन लैङ्गिक हिंसाको प्रमुख कारण हो : प्रजिअ अधिकारी
प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले महिला माथि हुने हिंसाको प्रमुख कारण मदिरा भएको बताएका छन् । आज सदरमुकाम मार्तडीमा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको प्रभात¥यालीको समापन कार्यक्रममा अधिकारीले मदिरा सेवन, बाल विवाह र छाउपडी प्रथा हिंसाका मुख्य कारण भएको बताए ।

समाजमा पुरानो सोच र धर्म संस्कृतीलाई नकार्दै महिला माथि हुने विभिन्न खालका हिंसाको कारणले ज्यान समेत जाने गरेको प्रजिअ अधिकारीको भनाई रहेको छ । समाजलाई छाउपडी प्रथाका कारण हुने महिला माथिको हिंसा र भोगाइहरुको सहजीकरण र सचेतना जनाउन आवश्यक रहेको उनले भने । गाउँघरमा बाल विवाह समेत हुृने गरेकाले बाल विवाह रोक्नका लागि प्रहरी र प्रशासनलाई खवर गरी उनीहरुको भविष्य बनाउन कार्यमा लाग्न सबैमा प्रजिअ अधिकारीले अपिल गरेका छन् ।

प्रभातफेरी कार्यक्रमको समापनमा प्रजिअ अधिकारीले ६ बुँदे प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन् । उनले यौन जन्य दुव्र्यवहार स्वीकार्य छैन,समान कामको समान ज्याला मेरो अधिकार हो, भेदभाव मलाई स्वीकार्य छैन जस्ता ६ बुदामा सहमती जनाउदै हस्ताक्षर गरेका हुन् । १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म संचालन गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्