Logo
Logo

राष्ट्रिय मुक्ति पार्टीका महासचिवसहित ९ केन्द्रीय सदस्यले दिए राजीनामा


378
Shares

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशवकुमार झासहित ९ केन्द्रीय सदस्यले राजीनामा दिएका छन् ।

बिहीबार महासचिव झासँगै केन्द्रीय सदस्यहरू चन्द्रानन्द मिश्र, पञ्कजकुमार देव, हिरालाल पण्डल, अनुपम झा, ऋषिका जलान, कुमारी तामाङ, ललन मिश्र र शैशव राजुले राजीनामा दिएका हुन् ।

उनीहरूले राजीनामा दिनुको कारण खुलाएका छैनन् । सबै जनाले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्