Logo
Logo

७८ लाख धरौटी बुझाएर रिहा भए पूर्व आयुक्त पाठक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ जेठ । घुस लिएको अभियोग लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकले ७८ लाख रुपैयाँ बुझाएर तारेखमा छुटेका छन् । उनलाई बुधबार बिशेष अदालतले ७८ लाख धरौटी बुझाउन आदेश दिएको थियो ।

अदालतले आदेश दिएको केही बेरमा उनले सो रकम बुझाएर अदालतबाट छुटेका हुन् । बैंक ग्यारेन्टीमार्फत उनले धरौटी बुझाएका हुने । घुस लिएको अभियोग परेको मुद्दामा उनी बुधबार बिशेष अदालतमा हाजिर भएका थिए । बयानपछि बिशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरु द्वारीकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैध तीन जनाको इजालासले पाठकसँग धरौटी माग्ने आदेश दिएको हो ।

भक्तपुरको नेपाल इन्जिनियरीङ कलेजमा सञ्चालकबीचको विवादमा लम्बोदर न्यौपाने पक्षमा निर्णय गरिदिने भन्दै पाठकले ७८ लाख रुपैयाँ घुस लिएको अभियोगमा मुद्दा परेको थियो । घुस लिएर काम नगरिदिएको भन्दै घुस दिने पक्षले उनको भिडियो सार्वजनिक गरेका थिए । त्यसपछि उनले राजिनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्