Logo
Logo

भियतनाम र कम्बोडिया भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली


- दृष्टि न्युज/संवाददाता


काठमाण्डौ, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एक साताको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् ।

k|d cf]nLnfO{ :jfut
leotgfd / sDaf]l8ofsf] cf}krfl/s e|d0f ;s]/ a’waf/ :jb]z kms{g’ ePsf k|wfgdGqL s]kL zdf{ cf]nLnfO{ lqe’jg cGt/f{li6«o ljdfg:yndf :jfut ub}{ ;efd’v s[i0faxfb’/ dx/f / pkk|wfg tyf /IffdGqL O{Zj/ kf]v/]n . tl:a/M k|bLk/fh jGt, /f;;

समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणामा गत वैशाख २६ देखि ३० वैशाखसम्म भियतनाम र त्यसपछि कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा कम्बोडिया भ्रमण सकेर आज साँझ स्वेदश फर्किएका हुन् ।
त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी अर्पण गरेको थियो । ओलीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायतका प्रतिनिधिमण्डलका सदस्य पनि आजै स्वदेश फर्किए ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ र उच्चपदस्थ कर्मचारीले स्वागत गरेका थिए । आफ्नो भ्रमण फलदायी भएको प्रधानमन्त्री अ‍ोलीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्