Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

एमालेको महाधिवेशनदेखि न्यायालय विवाद निकासका लागि प्रमको पहलसम्म



हेडलाइन्स्

१. नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्र सम्पन्न, विभिन्न राजनीतिक दलका नेताहरूद्वारा सम्बोधन, देश र जनतासँग जोडिएका मूल मुद्दाहरुमा समान धारणा बनाउन संवाद सहकार्य आवश्यक भएको ठहर, राष्ट्रिय हितका विषयमा सबै एकताबद्ध हुनुपर्नेमा जोड ।


२. आगामी चुनावपछि नेकपा एमालेको सरकार बन्ने अध्यक्ष केपी शर्मा ओलीको भनाइ, स्थानीय तहमा एमालेले ५० प्रतिशतभन्दा बढी ल्याउने दाबी, एमालेका लागि नभइ देश बनाउनका लागि एकल बहुमत ल्याउनेपर्ने धारणा, समुन्द्र र अन्तरिक्ष पनि एमालेकै भएको भनाइ ।

३. मुलुकमा देखिएका सबै खालका समस्याको समाधान संवाद, छलफल र संविधानमार्फत निकाल्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चाहना, दलहरुबीचको विमतिलाई संविधानले निर्धारण गरेको विधिबाट टुंगो लगाउनुपर्नेमा जोड, संविधानलाई बलियो बनाउने जिम्मेवारी सबै राजनीतिक दलको भएको धारणा, कानुनी शासन र व्यक्तिगत स्वतन्त्रता सुनिश्चित गर्दै देशलाई समृद्ध बनाउने नै सबै दलको लक्ष्य भएको भनाइ ।


४ प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल बार एशोसिएशनका पदाधिकारीको छालफल, सर्वोच्चको विवादबारे निकासका लागि पहल गरिदिन न्यायाधीहरुको आग्रह, विवादलाई गम्भीरतापूर्वक लिएको प्रधानमन्त्री देउवाको भनाइ, सत्ता गठबन्धन दलका नेतासँग तत्काल बैठक गरी एक-दुई दिनमा नै निकासको लागि दृष्टिकोण सार्वजनिक गर्ने ।

५. एकभन्दा बढी संघीय निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा नेपाली कांग्रेसको जिल्ला अधिवेशन सुरु, काठमाडौंलगायत विभिन्न ४२ जिल्लामा जिल्ला अधिवेशन गर्ने तयारी, चितवन, मकवानपुरलगायत जिल्लामा भने अधिवेशन सारियो, प्रदेश अधिवेशन हुने सातै प्रदेशका जिल्लाहरूमा व्यवस्थापनमा समस्या ।

६. नेकपा माओवादीले ७५३ वटै पालिकाको सम्मेलन गर्दै, सबै पालिकामा आवश्यक तयारी पूरा, सम्मेलनलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल सम्बोधन गर्ने, सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधि चयन गर्ने, प्रदेश सम्मेलन मङ्सिर २५ गते गरिने ।

७. चाँदी आयातमा काडाई गर्दै नेपाल राष्ट्र बैंक, ड्राफ्टरटिटिको माध्यमबाट आयात गर्दा प्रदान गरिने रकमको अधिकतम सटही सुविधासम्म मात्र चाँदी आयात गर्नको लागि सटही सुविधा प्रदान गरिने, तोकिएका वस्तुको आयात प्रतीतपत्र खोल्दा अनिवार्यरुपमा नगद मार्जिन राख्नुपर्ने । विद्युन् निर्यात साथै मौद्रिक तथा वित्तीय नीतिगत सहजीकरण कायमै रहेको बैंकको भनाइ ।

८. राष्ट्रिय जनगणना २०७८ को मूल गणना कार्य सम्पन, तथ्याङ्क प्रशोधन प्रारम्भ गर्ने चरणमा गएको तथ्याङ्क विभागको भनाइ, जनसङ्ख्या झण्डै तीन करोड नजिक पुग्ने प्रारम्भिक अनुमान, आउँदो पुसदेखि जनगणनाको विवरण प्रशोधन सुरु गरीने, तीन महिनामा प्रारम्भिक नतिजा र एक वर्षपछि अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी ।


९. संयुक्त अरब इमिरेट्स (युएई)मा जारी आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालको सानदार जित, मलेसिया ६ विकेलले पराजित, नेपाल अंकतालिकाको शीर्षस्थानमा उक्लियो, शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नवप्रवेशी सातदोबाटोको संघर्षपूर्ण जित, थ्रीस्टार १–० गोल अन्तरले पराजित ।


१०. चीनमा जन्मदर वृद्धि गर्न प्रसूति बिदा बढाइने, कम्तीमा ३० दिनसम्म प्रसूति बिदा विस्तार गर्ने तयारी, नयाँ कोभिड–१९ को फैलावट रोक्न जर्मनीद्वारा दक्षिण अफ्रिकाबाट हुने अधिकांश यात्रा प्रतिबन्धित, अमेरिकाले एसिया प्रशान्त क्षेत्रमा सैन्य गतिविधि बन्द गर्नुपर्ने चीनको भनाइ, रुसी र बेलारूसी लडाकुहरूले संयुक्त रूपमा बेलारुस सीमामा गस्ती गर्दै ।

प्रतिक्रिया दिनुहोस्