Logo
Logo

कांग्रेस वडा अधिवेशनमा झडप, पाँच जना घाइते


630
Shares

सर्लाही । नेपाली कांग्रेसको वडा अधिवेशनको क्रममा सर्लाहीमा झडप भएको छ । बलरा नगरपालिका–८ को वडा अधिवेशनको क्रममा झडप भएको हो ।

विवादपछि आइतबार गोली चलेको थियो । गोली चलेपछि रोकिएको अधिवेशन सोमबार गरिएको थियो । सोमबार अधिवेशन सुरु भएसँगै झडप भएको हो ।

झडपमा मतदान अधिकृतसहित पाँच जना घाइते भएका छन् ।
मतदान अधिकृत उमेशचन्द्र झासहित तीन जना प्रहरी र एक सर्वसाधारण गरी पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

आइतबार मात्रै यो वडामा प्रदेश २ का महिला बालबालिका तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहका पर्सनल सेक्युरेटी अफिसर (पीएसओ)ले हवाई फायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्