Logo
Logo
मालेको १०औं महाधिवेशन

भीम रावल र पूर्वमाओवादीका यी नेतालाई भोट नहाल्न भन्दै ओली पक्षले बाँड्यो पर्चा



काठमाडौं । नेकपा एमालेको महाधिवेशनस्थल सौरहामा नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको बेला अध्यक्षका प्रत्यासी भीम रावल लगायतका उम्मेदवारहरुलाई भोट नहाल्न भन्दै प्रतिनिधिहरुलाई पर्चा बाँडिएको छ ।

‘भोट नहाल्ने नामावली’ लेखिएको पर्चामा अध्यक्षका उम्मेदवार भीम रावल, उपाध्यक्षका उम्मेदवार घनश्याम भुसाल, सचिवका उम्मेदवार टंकप्रसाद कार्की, सचिवका उम्मेदवार भीमप्रसाद आचार्य लगायतको नाम छ ।

यस्तै अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, योगेश भट्टराई, युवराज ज्ञवाली, रघुबीर महासेठ, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, छविलाल विश्वकर्माको नाम पनि भोट नहाल्न भन्दै बाँडिएको पर्चामा उल्लेख छ ।

हेर्नुहोस् भोट नहाल्ने नामावली

प्रतिक्रिया दिनुहोस्