Logo
Logo
मालेको १०औं महाधिवेशन

एमालेको मतदान: कति जना प्रतिनिधिले हाले भोट ?



काठमाडौं । नेकपा एमालेको चितवनस्थित सौराहमा जारी दशौँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनाव भएको छ ।

आज बिहानैदेखि सुरु भएको मतदानमा प्रतिनिधिहरुले मत हाल्नेक्रम जारी छ । एमाले निर्वाचन अयाोगका अनुसार अहिलेसम्म ११५० जनाले मतदान गरिसकेका छन् । महाधिवेशनमा करिब २२०० प्रतिनिधि सहभागी छन् ।

चुनावमा अध्यक्षका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावल प्रतिस्पर्धामा छन् । त्यस्तै उपाध्यक्षका लागि ओलीले घोषणा गरेकाबाहेक घनश्याम भुसाल चुनावी मैदानमा छन् । सचिवमा भीम आचार्य र टंक कार्की चुनाव लडेका छन् ।

वरिष्ठ, उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध भएका छन् । सदस्यहरुमा चुनाव भएको छ । अहिलेसम्म अध्यक्षका उम्मेदवार भीम रावललगायतले मतदान गरिसकेका छन् । आज ९ बजेसम्म मतदान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्