Logo
Logo

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विश्वभरि फैलिने सक्ने डब्ल्यूएचओको चेतावनी



काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ ले विश्वभरि नै कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण हुनसक्ने बताएको छ । डब्ल्यूएचओले यो भेरियन्टले विश्वका केही क्षेत्रमा गम्भीर परिणाम निम्त्याउन सक्ने समेत चेतावनी समेत दिएको छ ।

सङ्गठनका प्रमुख डाक्टर टेड्रोस एड्हानोम गेब्रियसिस गरिब देशहरूमा खोप पठाउनका लागि पुनः आह्वान गरेका छन् । यो महिनाको सुरुमा ‘ओमिक्रोन’ दक्षिण अफ्रिकामा पत्ता लागेको थियो । प्रारम्भिक प्रमाणका आधारमा यसको सङ्क्रमण जोखिम धेरै रहेको बताइन्छ ।

भेरियन्टबारे छिट्टै खबर गरिएको भनेर दक्षिण अफ्रिकाको प्रशंसा पनि गरिएको बीबीसीले जनाएको छ । डाक्टर टेड्रोसले विश्वभरका वैज्ञानिकले नयाँ भेरियन्ट उच्च सङ्क्रामक छ या छैन, पुनः सङ्क्रमण हुने खतरा कति छ र खोपले के कस्तो काम गर्छ भनेर पत्ता लगाउन अनुसन्धान भइरहेको बताइन्छ ।

नयाँ भेरियन्टका कारण अहिलेसम्म ज्यान गएको भेटिएको छैन । नयाँ भेरियन्ट दक्षिण अफ्रिकासहित बेलायत, क्यानडा, पोर्चुगल, बेल्जियम र नेदरल्यान्डलगायत देशमा देखिइसकेको छ ।

नयाँ भेरियन्ट देखापरेपछि अमेरिका, बेलायत र युरोपेली सङ्घले दक्षिण अफ्रिकी देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाएकोमा दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसाले आलोचना गर्नुभएको छ । इजरायल, जापान र अस्ट्रेलियाले पनि सीमामा कडाइ गरेका छन् ।

अस्ट्रेलिया जान चाहने विदेशी विद्यार्थी र दक्ष कामदारका लागि आउँदो डिसेम्बर १५ तारिखसम्मका लागि पर सारिएको छ । बेलायतमा ओमिक्रोनको नयाँ लहरलाई रोक्न मद्दत पुगोस् भनेर १८ वर्षमाथिका सबैलाई कोभिडको बुस्टर खोप दिन लागिएको बीबीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्