Logo
Logo

कोरोनाको नयाँ भेरियन्ट भित्रन नदिन सीमा नाकामा कडाइ



काठमाडौं । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा सीमा नाकामा स्वास्थ्य परीक्षण अनिवार्य गरिन थालिएको छ ।

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रन नदिन कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय समिति सीसीएमसीसीले दक्षिण अफ्रिकामा देखिएको नयाँ भाइरस अरु देशमा पनि फैलन थालेको हुँदा नेपालमा सतर्कता अपनाउँन थालेको हो ।

सो बारे सीसीएमसीसीले सरकारलाई सिफारिस गरेको भएपनि अहिलेसम्म कुन कुन देशबाट आउनेलाई कति हप्तासम्म प्रतिबन्ध लगाउने भन्ने बारेमा निर्णय आइनसकेको सीसीएमसीसीका प्रवक्ता सुनिता नेपालले बताइन ।

हाल सीसीएमसीसीको सुझाव अनुसार विभिन्न देशबाट नेपाल आउने नागरिकको स्वास्थ्य परिक्षण तथा व्यक्तिगत विवरण सङ्कलन भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँग सीमा जोडिएका नाकामा रहेका सहायता कक्षमा छिमेकी देशबाट भित्रने व्यक्तिमा निगरानी गरिन सुरु भएको बताए ।

मन्त्रालयका अनुसार कोरोना भाइरसको लक्षण देखिएका बिरामीलाई जाँच गर्ने र आवश्यक व्यक्तिलाई एक हप्ता क्वरेण्टीन गर्न थालिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्