Logo
Logo

मन्त्री आलेलाई यती समूहको चुनौती



काठमाडौं । केपी शर्मा ओलीको सरकार हुँदा यती समूहको कब्जामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय शेरबहादुर देउवाको शासनकालमा पनि उसकै हैकम चलिरहेको छ । त्यसको ज्वलन्त उदाहरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षमता अभिबृद्धि परियोजना((एयर ट्रान्सपोर्ट क्यापासिटी इन्ह्यासम्मेन्ट प्रोजेक्ट )लाई लिन सकिन्छ । एशियाली विकास बैंक (एडीब)िको सहयोग रहेको उक्त परियोजनाले एक बर्ष अघि गरेको ‘एक्सटेन्सन अफ प्यारलल ट्याक्सी वे टु कनेक्ट रनवे’ र ‘ह्याङ्गर एरिया डेभलपमेन्ट एट इष्ट साइड अफ रनवे एट टीआइए एण्ड एशोसिएसट वर्क’ गरी दुई प्याकेजमा बोलपत्र आह्वान गरेको थियो । करिब ९ अर्ब रुपैयाँको दुई प्याकेजको उक्त टेण्डरको प्राविधिक र आर्थिक प्रस्ताव मागेर कम्पनी छानिएको ५ महिनासम्म पनि काम गर्ने आसयपत्र(एलओआई) दिइएको छैन ।

उक्त दुई प्याकेजको टेण्डरको प्राविधिक र आर्थिक प्रस्तावमा छानिएको कम्पनीलाई ५ महिनासम्म पनि आसपयत्र(एलओआई) नदिनुमा पनि यती समूहकै चलखेलले काम गरेको प्राधिकरणका अधिकारी बताउँछन् । यतीकै प्रभावमा परी परियोजना प्रमुखसहितको प्राधिकरणका उच्च अधिकारीले उक्त बोलपत्रमा आर्थिक र प्राविधिक प्रस्तावमा छानिएको चाइना हारबोर इन्जीनीयरीङ कम्पनी/नर्थवेष्ट सिभिल एभिएसन एयरपोर्ट कन्ट्रक्सन ग्रुपलाई ५ महिनाअघि दिनुपर्ने एलओआई दिइएको छैन ।

एडिबीले समेत नेपालको ठेक्का प्रक्रियामा अनावश्यक चासो लिएको देखिएको छ । यती समूहकै प्रभावमा परेर नागरिक उड्डयन प्राधिकरणको गौरवको आयोजना हेर्ने दीपेन्द्र श्रेष्ठ, मुरारी भण्डारी र एडीबीका नरेश प्रधानको डिजाइनमा चाइना हारबोर/नर्थवेष्टलाई एलओआई नदिइएको प्राधिकरणकै अधिकारी बताउँछन् । यती संलग्न चाइनीज कम्पनी क्यामेकको प्रभावमा परियोजना प्रमुख दीपेन्द्र श्रेष्ठसहितको टोलीले एलओआई दिन बिलम्ब गर्दै आएको छ ।

प्राविधिक र आर्थिक प्रस्तावमा चाइना हारबोर÷नर्थवेष्ट (चेक) छानिएपछि कसरी हुन्छ एलओआई दिन रोक्ने र उसका कमजोरी ओज्ने काममा यती समूह लाग्यो । त्यसक्रममा नर्थवेष्टले सुडानमा काम गर्दा कारबाहीमा परेको बिषय फेला पारे । तर २०१८ मै चााइना नर्थवेष्टको कारबाही फुकुवा भइसकेको थियो । कारबाही फुकुवा भए पनि नर्थवेष्टले क्लियरेन्स लेटर नलिएकाले अहिले त्यसैलाई आधार मानेर एडीबीमै पहुँच पुर्याएर यतीले एलओआई नै दिन रोक्न सफल भएको छ । बोलपत्र पेश गर्दादेखि प्राविधिक र आर्थिक प्रस्तावमा माग्दासम्म पनि योग्य भएको नर्थवेष्टलाई एलओआई दिन बिलम्ब गरी उसका कमजोरी खोज्दैखोज्दै सन् २०१८ अघि कारबाही भएको विषयलाई उछालेर एलओआई दिइएको छैन ।

यतीको प्रभावमा परी एडीबीले नर्थवेष्टलाई त्रिभुवन विमानस्थलको उक्त टेण्डरबाट हात झिक्न दबाब दिन थालेको छ । यदि त्रिभुवन विमानस्थलको टेण्डरबाट हात नझिके अन्यत्रका टेण्डरलाई समेत असर पर्ने भनी नर्थवेष्टलाई एडीबीले तर्साइरहेको छ । यतीले स्वदेशमा मात्र होइन, नेपाललाई सहयोग गर्ने एडीबीमा समेत पहुँच पुर्याएर कम दरमा एयरपोर्टको ट्याक्सी रनवे र ह्याङ्गर निर्माण गर्न कबोल गर्ने कम्पनीलाई टेण्डर नै नदिने खेल खेल्न सफल भएको छ ।

नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजन पोखरेलले हारबोर÷नर्थवेष्टलाई एलओआई दिनू भन्दा पनि परियोजना प्रमुख मुरारी भण्डारीले नमानेपछि उनलाई आफू अवकाश हुने दिन सरुवा नै गरिदिएका थिए । भण्डारीपछि आएका आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले पनि यतीकै प्रभावमा परेर हारबोर÷नर्थवेष्टलाई एलओआई नदिई अड्काएर राखेका छन् । आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठ, मुरारी भण्डारी र एडीबीका नरेश प्रधानले यती एजेन्ट रहेको चिनियाँ कम्पनी क्यामेकलाई दिने गरी नर्थवेष्टको पुरानो केसमा अत्तो थापेका छन् ।

नेपालको सार्वजनिक खरिद ऐन अनुसार चाइना हारबोर÷नर्थवेष्टले ठेक्का पाउने भइसकेपछि यती र क्यामेकको साठगाँठमा उनीहरुका दूत पटक पटक फिलिपिन्सस्थित एडीबीको मुख्यालयमा पुगेको स्रोत बताउँछ । एडीबीका अधिकारीलाई नै सेटिङ गरेर उक्त ठेक्का हत्याउन यती समूह लागेको छ । एडीबीका अधिकारीलाई गुहारेर हारबोर÷नर्थवेष्टलाई नदिने र त्यसबापत ५ प्रतिशत कमिसन दिने प्रस्ताव गरेको स्रोतको दाबी छ ।

प्राविधिक प्रस्तावमा पास भएपछि गएको जेठमै मागिएको आर्थिक प्रस्तावमा चाइना हारबोर÷नर्थवेष्टको आर्थिक प्रस्तावमा दुवै प्याकेजमा अरु भन्दा लोयष्ट छ । चाइना हारबोर÷नर्थवेष्टले ‘एक्सटेन्सन अफ प्यारलल ट्याक्सी वे टु कनेक्ट रनवे’ को ४ अर्ब १० करोड ५७ लाख ४० हजार ४९ रुपैयाँ ७३ पैसा छ । यती समूह एजेन्ट रहेको क्यामेकले ट्याक्सी वेको निर्माणका लागि पेश गरेको आर्थिक प्रस्तावमा ४ अर्ब ११ करोड १७ लाख ७५ हजार ५१५ रुपैयाँ कबोल गरेको छ । यो प्याकेजमा यती समूह एजेन्ट रहेको एटीक अयोग्य भएको छ ।

त्यसैगरी ह्याङ्गर एरिया डेभलपमेन्ट एट इष्ट साइड अफ रनवे एट टीआइए एण्ड एशोसिएसट वर्कको प्याकेजमा चाइना हारबोर/नर्थवेष्टले ४ अर्ब ४९ करोड २७ लाख २४ हजार ३७२ रुपैयाँ ७६ पैसा प्रस्ताव गरेकोक छ । यती समूह एजेन्ट रहेको क्यामेकले ५ अर्ब २३ करोड ५२ लाख ८५ हजार १८७ ३३ पैसा कबोल गरेको थियो । यतीको अर्को कम्पनी एटिकले ४ अर्ब ५१ करोड ६८ लाख १ सय ३० रुपैयाँ ६४ पैसा कबोल गरेको छ । ट्याक्सी रनवेमा चाइना हारबोर÷नर्थवेष्टभन्दा यती समूह संलग्न क्यामेकको दररेट करिब २ करोड बढी छ । ह्याङ्गर एरिया डेभलपमेन्टमा यती समूह संलग्न एटीकको ३ करोड भन्दा बढी छ । ह्यांगर एरियाको प्याकेजमा क्यामेकको त ५० करोड नै बढी छ ।

चाइना हारबोर/नर्थवेष्टले कम हालेपछि प्राधिकरणको ठेक्कामा साम्राज्य कायम गरेको यतीले प्राधिकरणका अधिकारीलाई प्रभावमा पारी एलओआई रोक्यो । र, सन् २०१८ मा कारबाही फुकुवा भइसकेको कम्पनीलाई त्यही बहाना बनाएर ठेक्का दिनबाट रोक्नेगरी एडीबीमै चलखेल गर्न सफल भएको छ । टेण्डरमा सहभागी गराउने, प्राविधिक प्रस्ताव माग्ने र पास भइसकेपछि ४ बर्षअघि कारबाही फुकुवा भइसकेको बिषयलाई लिएर टेण्डर नदिने चलखेल भइरहेको छ ।

यतीको प्रभावमा परी एडीबीले नर्थवेष्टलाई त्रिभुवन विमानस्थलको उक्त टेण्डरबाट हात झिक्न दबाब दिन थालेको छ । यदि त्रिभुवन विमानस्थलको टेण्डरबाट हात नझिके अन्यत्रका टेण्डरलाई समेत असर पर्ने भनी नर्थवेष्टलाई एडीबीले तर्साइरहेको छ । यतीले स्वदेशमा मात्र होइन, नेपाललाई सहयोग गर्ने एडीबीमा समेत पहुँच पुर्याएर कम दरमा एयरपोर्टको ट्याक्सी रनवे र ह्याङ्गर निर्माण गर्न कबोल गर्ने कम्पनीलाई टेण्डर नै नदिने खेल खेल्न सफल भएको छ । चाइना हारबोरसँग जेभी गरेको कम्पनी नर्थवेष्टले विश्वका धेरै देशमा काम गरिरहेको छ । नेपालको टेण्डरका कारण कारबाही अन्यत्र असर पर्ने त्रासमा ऊ छ । यतीले सस्तोमा एयरपोर्ट बनाउने कम्पनीलाई षडयन्त्रमूलक ढंगले काम गर्न नदिएर बाहिरिन बाध्य पारेर त्यो टेण्डर आफूले लिन खोजिरहेको छ ।

पर्यटनमन्त्री प्रेम आलेले यतीको यो षड्यन्त्र र राज्यलाई घाटा पु¥याउने कार्यलाई कसरी लिने हुन् ? उनी यतीले एयरपोर्ट निर्माणमा गरेका अनियमितता र सेटिङलाई भत्काउने प्रतित्रद्धता गर्दैआएकाले यो टेण्डर नै रद्द गरी अर्को बोलपत्र गर्नुपर्ने निष्कर्षमा पुगिसकेका छन् । तर यतीले एडिबीको त्रास देखाउँदै यो टेण्डर हत्याउन सारा सेटिङ गरिसुकेकाले मन्त्री आलेका अगाडि चुनौती छन् ।

प्रतिक्रिया दिनुहोस्