Logo
Logo

नेकपा एमाले : मतपरिणाम पछि केन्द्रीय समितिको पहिलो बैठक सौराहामानै


3k
Shares

काठमाडौं । नेकपा एमालको केन्द्रीय समितिको पहिलो बैठक चितवनको सौराहामा बस्ने भएको छ । १० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सौराहामानै बस्ने भएको एमाले जनाएको छ ।

मंगलबार निर्वाचन समितिले अन्तिम मतपरिणाम दिएपछि नवनिर्वाति केन्द्रीय कमिटीको शपथ ग्रहण र पहिलो बैठक सौराहामा नै बस्ने नेता विष्णु रिजालले जानकारी दिए ।

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार विहान मतदान भएको थियो । विद्युतीय भोटिङ मेसिनमार्फत भएको निर्वाचनको मतपरिणाम मंगलबार नै आउनेछ । अध्यक्ष, उपाध्यक्ष, सचिव, खुलातर्फका केन्द्रीय सदस्य पदमा मतदान भएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000