Logo

मालपोतका नासुको कमाई ८ महिनामा साढे ४ करोड


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ जेठ ।
बारास्थित मालपोत कार्यालय, सिमराका नासले ८ महिनामै साढे चार करोड भन्दा धेरै राजश्व हिनामिना गरेका छन् । लेखापाल युगल किशोर ठाकुरको निजी बचत खातामा जम्मा गरेर उनले हिनामिना गरेका हुन् ।


राजस्व खातामा जम्मा गरी राजस्व जम्मा गरेको भौचर समेत नत्थी गरी तोकिएको ठाँचामा आर्थिक विवरण तयार गरी कार्यालय प्रमुखले प्रमाणित गरी अभिलेख सुरक्षित राख्नुपर्नेमा आफू स्वयं राष्ट्रसेवक कर्मचारी भई आफूसमेतको मिलेमतो र प्रत्यक्ष संलग्नतामा आफ्नो पदको दुरुपयोग गरी बदनियतपूर्वक आफूलाई तोकिएको जिम्मेवारी र पदीय दायित्वबाट बिमुख भई आफूसमेतलाई गैरकानूनी लाभ एवं प्रत्यक्ष फाइदा पुयाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । नेपाल सरकारलाई गैरकानुनी हानी पुर्याउने गरी सरकारी राजस्व निजी बैंक खातामा जम्मा गर्ने, कार्यालयबाट संकलन भएको राजस्व खाई मास्ने तथा आफू कार्यरत रहेको कार्यालयको हिसाबकिताब समेत दुरुस्त राख्नेन कार्य नगरी आर्थिक बर्ष २०७५÷०७६ को फाल्गुण १२ गतेसम्ममा संकलित राजस्व रकममध्ये रू.४,५८,७१,०२०।१३ (रुपैंया चार करोड अन्ठाउन्न लाख एकहत्तर हजार बीस पैसा तेह्र) प्रचलित कानून बमोजिम तोकिएको समयभित्रमा सम्बन्धित राजस्व खातामा दाखिला नगरी खाइमास्ने गरेको आयोगले जनाएको छ । मालपोत कार्यालय सिमराका कार्यालय प्रमुख (नायब सुब्बा) मदन प्रसाद गुप्ता, लेखापाल युगल किशोर ठाकुर र नायब सुब्बा शत्रुधन राउतविरुद्ध आयोगले मुद्दा दायर गरेको छ ।
गुप्ताविरुद्ध गत साता मात्र दुई वटा मुद्दा दायर भएका थिए ।

प्रतिक्रिया दिनुहोस्