Logo
Logo

घनश्याम भुसाल बाहेक उपाध्यक्षका सबै प्रत्याशी निर्वाचित



काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि भएको मतदानको परिणाम सार्वजनिक हुने क्रम जारी छ ।

भर्खरै उपाध्यक्षहरुको मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा घनश्याम भुसाल मात्र पराजित भएका छन् । उनले जम्मा ७ सय २५ मत मात्र प्राप्त गरेका छन् ।

उपाध्यक्षमा निर्वचित अष्टलक्ष्मी शाक्यले १९ सय ७६, सुरेन्द्र पाण्डेले १९ सय २५, सुवास नेम्वाङले १८ सय ६५ विष्णु पौडेलले १८ सय ५६, युवराज ज्ञवालीले १८ सय ४२ र रामबहादुर थापा ‘बादल’ले १७ सय ६८ मत पाएका छन् ।

निर्वाचित सबै अध्यक्ष केपी शर्मा ओली समूहका हुन । पराजित भएका भुसाल भने एक्लै चुनावी मैदानमा उत्रेका थिए ।

यसअघि अध्यक्ष पदको मतपरिणाम सार्वजनिक भएको थियो । जस अन्तरगत प्रतिस्पर्धी भीम रावल पराजित भएका छन् भने केपी शर्मा आली दोस्रोपटक अध्यक्ष निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्