काठमाडौं । नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना भइरहेको छ । सचिवमा केपी शर्मा ओली प्यानलका सबै उम्मेदवार विजयी भएका छन् ।
एमालेको १०औं महाधिवेशनमा योगेश भट्टराई, गोकर्ण विष्ट, टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट र पदमा अर्याल निर्वाचित भएका हुन् ।
केपी ओलीको सर्वसम्मत सूचीविरूद्ध सचिवमा उम्मेद्वारी दिएका भीम प्रसाद आचार्य र टंकप्रसाद कार्की पराजित भएका छन् ।
पदाधिकारीमध्ये सचिव पदमा विष्ट सबैभन्दा बढी मत ल्याएका छन् । उनले १९७६, भट्टराईले १९६४, अर्यालले १८००, विश्वकर्माले १८००, भट्टले १७०४, रायामाझीले १७०० र महासेठले १५१३ मत पाएका छन् । आचार्यल १३०० मत पाउँदा टंकप्रसाद कार्कीले ५०० मत पाएका छन्।