Logo
Logo

नेता अहंकारी हुँदैन : ओली



काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टीकाो नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई अनुसाशित हुन निर्देशन दिएका छन् । एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई सपथ गराएपछि सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

अनुसाशनविनाको पार्टी बजार मात्रै हुने ओलीको भनाइ थियो । उनले भने, ‘पार्टीमा अनुसाशन कायम गर्ने कुराका लागि धैर्यताका साथ कदम थाल्नुपर्छ । जो सुकै भएपनि विधान बमोजिम अनुसाशन पालना गनुपर्छ, अनुसाशन उल्घंनका कुराहरु मान्य हुन सक्दैन, शैय हुन सक्दैन । त्यस कारण अनुसाशन विनको पार्टी बजार माात्रै हुन्छ ।’

उनले अध्ययनशील हुन, दम्भ तथा अहंकार नदेखाउन पनि निर्देशन दिए । उनले भने, ‘कमरेडहरु, हाम्रा आनीबानी र व्यवहार नेता झैं हुनुपर्छ । व्यवहार शालीन हुनुपर्छ, विनम्रताका साथ अरुलाई व्यवहार गर्नुपर्छ, कुनै नेता घमण्डी र अहंकारी हुँदैन । अहंकारी व्यक्ति नेता हुँदैन, नेता अहंकारी हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्