Logo
Logo

आचार्यले ओलीबाट पाएको उपहार र तिरस्कार



काठमाडौं । नेकपा एमाले एक हुँदा लामो समय माधवकुमार नेपाल समूहबाट अध्यक्ष केपी शर्मा ओलीविरुद्ध संघर्ष गर्दै आएका भीम आचार्य पार्टी विभाजनको क्रममा अचानक एमालेमै रहन पुगे ।

माधवसँगै रहँदै आएका आचार्य ओलीसँग रहने निर्णयमा पुग्दा धेरैले आश्चार्य मानेका थिए । तर, एकाएक प्रदेश नम्बर १ को मुख्यमन्त्री बन्दा आचार्यले किन माधवको साथ छोडे भन्ने खुल्यो । ओलीले मुख्यमन्त्री बनाउने भएपछि उनी एमालेमै रहने निर्णयमा पुगेका थिए ।

ओलीले आचार्यलाई रुचाएर नभइ बाध्यतामा मुख्यमन्त्री बनाएको कुरा १०औं महाधिवेशनमा पुष्टि भयो । कोरोनाले थला परेका आचार्य चितवन पुगेका थिए । ओलीसामु सचिवमा कक्षा दोहोर्याने भन्दै बारम्बार अनुनय गर्दा पनि ओली सचिव बनाउन तयार भएनन् । त्यसैले आचार्य सचिव हुन नपाएका हुन् ।

पार्टी विभाजनको क्रममा नेताहरुलाई रोक्नुपर्ने बाध्यतामा ओलीले आचार्यलाई मुख्यमन्त्री बनाएका थिए । किनकी, प्रदेश १ मा सरकार ढल्दैछ भन्ने थाहाँ हुँदाहुँदै ओलीले शेरधन राईलाई हटाएर आचार्यलाई केही दिनका लागि मुख्यमन्त्री बनाएका थिए । प्रदेश १ मा मुख्यमन्त्री बन्ने हैसियत बनाएका एमाले नेता धेरै छन् । तर, पनि केही दिन मुख्यमन्त्री बनाउँदा पार्टीमै रहने अवस्था हो भने किन नबनाउने भन्दै ओलीले आचार्यलाई मुख्यमन्त्री बनाएका थिए ।

थोरै समय मात्र मुख्यमन्त्री हुने कुरा थाहाँ पाउँदा पाउँदै राजनीतिक लाइन नै त्यागेर ओलीसामु पुगेका आचार्यले ओलीबाट मुख्यमन्त्री उपहार पाएका थिए । तर, १०औं महाधिवेशनमा ओलीले सचिव नबनाएर तिरस्कार गरेका छन् ।

नैतिक रुपमा राम्रो छवि नभएका आचार्यलाई एमाले नेता कार्यकर्ताले नै अवसरवादी भन्ने गरेका छन् । पार्टी विभाजको क्रममा एमालेमै रहने भएर मुख्यमन्त्री बन्दा पनि एमालेकै कार्यकर्ताले अवसरवादी भन्दै आलोचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्