Logo
Logo

ओमिक्रोनको सङ्क्रमण देखिएका देशबाट आउने यात्रुलाई क्वरेन्टीनमा राखिने



काठमाडौं । सरकारले नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रन नदिन आवश्यक सतर्कता अपनाउने भएको छ । मन्त्रिपरिषद् बैठकले ओमिक्रोनको सङ्क्रमण देखिएका देशबाट नेपाल आउने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी नयाँ आदेश जारी गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनुसार नयाँ भेरियन्टका रुपमा पुष्टि भएको ‘ओमिक्रोन’ तीव्र फैलने र गम्भीर सङ्क्रमण गराउने खालको भएको भन्दै विश्व स्वास्थ्य सङ्गठनले आवश्यक सतर्कता अपनाउन आग्रह गरेपछि नेपालले पनि आवश्यक तयारी थालेको बताए ।

दक्षिण अफ्रिका, अष्ट्रेलिया, बेल्जियम, जर्मनी, हङकङ, नेदरल्याण्ड, बेलायतलगायत देशमा नयाँ भेरियन्टका सङ्क्रमित फेला परेका कारण ति देशबाट आउँने यात्रुहरुलाई अत्यावश्यक सावधानी अपनाएको छ ।

सङ्क्रमण देखिएका देशबाट आउने यात्रुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण गर्ने र होटल क्वरेन्टीनमा राख्ने व्यवस्था मिलाइएको कार्कीले बताउ ।

प्रतिक्रिया दिनुहोस्