Logo
Logo

इंग्लिस प्रिमियर लिग : लिड्सले क्रिस्टल प्यालेसलाई हरायो



काठमाडौं । ग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडले क्रिस्टल प्यालेसलाई हराएको छ । गएराति भएको खेलमा लिड्सले क्रिस्टल प्यालेसलाई १–० गोलले हराएको हो ।

लिड्सका राफिन्हाले खेलको अन्तिम समयमा पेनाल्टीमा गोल गरे । यो जितसँगै लिड्सले १४ खेलमा १५ अंक जोडेको छ । लिड्स अंक तालिकाको १५ औं स्थानमा छ । क्रिस्टल प्यालेस १६ अंकका साथ १२ औं स्थानमा छ ।

अर्को खेलमा न्युकासल र नर्विच सिटीले १–१ गोलको बराबरी खेलेका छन् । १० अंकसहित नर्विच १८ औं स्थानमा र ७ अंक रहेको न्युकासल पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्