Logo
Logo

एकीकृत समाजवादी बाँकेको अध्यक्षमा थापा



बाँके । नेकपा एकीकृत समाजवादी बाँकेको अध्यक्षमा इन्द्रबहादुर थापा चयन भएका छन् । मंगलबार सम्पन्न एकीकृत समाजवादीको भेलाले थापाको अध्यक्षतामा जिल्ला कमिटिलाई पूर्णता दिएको हो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं बाँकेका इन्चार्जसमेत रहेका नेता अशोक कोइरालाको अध्यक्षतामा भएको भेलाले थापाको नेतृत्वमा ३ सय ३ सदस्यीय जिल्ला कमिटि गठन गरेको छ ।

जिल्ला कमिटिको उपाध्यक्षमा सम्सुद्दिन सिद्दिकी, भद्र प्रसाद देवकोटा, सचिव दिपक जीएम, सहसचिव किशोर थापा, भगवति अधिकारी, कप्तान पाठक चयन भएका छन् । पदाधिकारी तथा सदस्यहरुलाई समाजवादीका पोलिटब्यूरो सदस्य दलबहादुर सुनारले शपथ गराएका थिए । कार्यक्रममा बोल्दै नेता सुनारले जिल्ला कमिटीलाई जिल्लामा पार्टीलाई बलियो बनाउन अग्रसर हुन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्