Logo
Logo

एमालेप्रति प्रचण्डको कटाक्ष- पार्टी तीन टुक्रा बनाउने, महाधिवेशन चाहिँ एकताको



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेको भर्खरै सम्पन्न महाधिवेशनप्रति कटाक्ष गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उद्घाटनसत्रलाई सम्बोधन गर्दै पार्टी फुटाएर तीन टुक्रा बनाएको तर महाधिवेशन गर्दा भने एकताको महाधिवेशन भनेको भन्दै कटाक्ष गरेका हुन् ।

‘पार्टी फुटाएर तीन टुक्रा बनाउने र महाधिवेशनको नामचाहिँ एकता महाधिवेशन राख्ने भर्खरै हामीले देखेका छौं’, उनले भने, ‘तपाईंहरु तीनवटा पार्टी मिल्नुभयो र महाधिवेशनको नाम पनि एकता महाधिवेशन राख्नुभयो। त्यस अर्थमा धन्यवाद दिन्छुु, उनले भने, ‘तपाईंहरुले जालीझेली कुरा गर्नुभएन ।’

प्रतिक्रिया दिनुहोस्