Logo
Logo

कायममुकायम प्रधानन्यायाधीशको विवाद तत्कालका लागि टुंगियो


5.7k
Shares

काठमाडौं । सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीशको विवाद तत्कालका लागि टुङ्गीएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले शुक्रबार डिस्चार्ज हुने जानकारी दिएपछि विवाद टुङ्गीएको हो । यसअघि प्रधानन्यायधिश जवराको अनुपस्थीतिमा कायममुकायम तोकिनुपर्ने माग उठेपछि इजलास नै प्रभावित भएको थियो ।

छलफलकै क्रममा न्यायाधीश हरिकृष्ण कार्कीले प्रधानन्यायाधीशलाई फोन गरेका थिए । कार्कीसँगको फोनमा राणाले आफू भोलि अस्पतालबाट डिस्चार्ज भएर आउने र त्यसपछि ‘बसेर कुरा गरौं’ भन्ने जवाफ दिएका थिए ।

त्यसअघि नेपाल बार एसोसिएसन र सर्वोच्च बारले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी लिन वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीलाई सुझाव दिएको थियो ।

बिहीबार बारका पदाधिकारी र न्यायाधीशहरुबीच भएको छलफलमा दुवै बारले प्रधानन्यायाधीश बिरामी रहेकाले वरिष्ठतम् न्यायाधीश कार्कीले नेतृत्व लिनुपर्ने सुझाव दिएका हुन् ।

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले संविधानको धारा १२९ (६) मा प्रधानन्याधिशले कामगर्न नसक्ने भए वरिष्ठतम् न्यायाधीशले कायममुकायमको भूमिका निर्वाह गर्न सक्ने भन्दै बिरामी भएको कुरा कुरा सर्वोच्च प्रशासनले लिखित रुपमा दिनुपर्ने सुझाव दिएको जानकारी दिए ।

त्यस्तै नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले संविधानअनुसार जिम्मेवारी लिन वरिष्ठतम् न्यायाधीशलाई सुझाव दिइएको बताए ।

यसैबीच सर्वोच्च अदालतमा बिहीबार ढिला गरी पेशी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अनुपस्थितिमा अन्योलका बीच १० वटा इजलास गठन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्