काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।
राष्ट्रपति भण्डारीले बिहीबार यही मङ्सिर २८ गतेका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको अधिवेशन आह्वान गरेकी हुन् । दुवै सदनको बैठक दिउँसो २ बजेका लागि आह्वान गरिएको छ ।
संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।