Logo
Logo

नाडाको आगामी नेतृत्वका लागि थापा र चौधरीद्वारा प्यानल घोषणा



काठमाडौं । अटोमोबाइ व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स् एशोसिएसन अफ नेपालको आसन्न निर्वाचनका लागि दुई समूहले प्यानल घोषणा गरेका छन् ।

अध्यक्ष दावी गर्दै आएका ध्रुव थापा र अर्का दावेदार करण चौधरीले प्यानल घोषणा गरेका हुन् । चौधरीले बुधबार र थापाले बिहीबार प्यानल घोषणा गर्दै आफ्नो जित सुनिश्चित रहेको दावी गरेका छन् ।

‘अब बनाउनु छ नाडा, सबै अटोमोबिल्स व्यवसायीको साझा’ भन्ने नाराका साथ थापाले अध्यक्षय पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
अध्यक्ष पदका दावेदार धुव थापाको प्यानलमा नाडाको वर्तमान कार्यसमितिका आकाश गोल्छा, निराकार श्रेष्ठ, दिपक अग्रवाल, कपिल शिवाकोटी र शुभाशिष थपलिया रहेका छन् । थापाले आफ्नो प्यानलमा यमुना श्रेष्ठलाई समावेश गरी नाडामा महिला सहितको समूह निर्माण गरेका छन् ।


त्यस्तै, अमरज्योति रञ्जित, बि.एन. पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुसाल, नारायणप्रसाद पौडेल (राजन), प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्धि कार्की, सगुन बि.एस कंसाकार, सञ्जयकुमार खेतान जस्ता लामो अनुभव भएका अटो व्यवसायीहरु थापाको प्यानलमा प्रतिस्पर्धी छन् ।

त्यसैगरी, अध्यक्षका अर्का दावेदार चौधरीको प्यानलबाट सुनिल रिजाल, अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती(सुरेश), विक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्योति, मिलनबाबु मल्ल, निलमणी पाठक(राम), पंकज अग्रवाल, राजेन्द्र अग्रवाल, वर्ण न्यौपाने, सुनिल रिजाल, वरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, देवराज भण्डारी, गोपाल भट्टराई र गंगाराज भट्टराई उम्मेदवार रहेका छन् ।

फर्जी गतिविधिमा चौधरी प्यानल
साधारणसभा जति जति नजिकिँदैछ, त्यति त्यति नै विवाद बढ्दै गएको छ । मुख्य विवाद ‘प्रोक्सी’ मतमा देखिएको छ । नाडाका अध्यक्ष कृष्ण दुलालले करण चौधरीलाई जिताउन विभिन्न कम्पनीको किर्ते हस्ताक्षर गरेर ‘प्रोक्सी’ मत संकलन गरेपछि विवाद उत्कर्षमा पुगेको हो ।

नाडाको कुल सदस्य संख्या ३२ सय रहेको छ । जसमध्ये चार सयभन्दा बढी ‘प्रोक्सी’ मत अर्थात नक्कली रहेको नाडा स्रोतले जनाएको छ । उक्त स्रोतका अनुसार दुई सय प्रतिनिधिले ‘प्रोक्सी’ मत सच्याउन नाडा सचिवालयमा उजुरी दिएका छन् । सचिवालयले आइतबारसम्म आफ्नो उजुरीका विषयमा टुंगो नलगाए ती सदस्यहरु प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) र जिल्ला प्रशासन कार्यालयमा जाने तयारी गरेका छन् ।

यस विषयमा केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख धिरजप्रताप सिंहसँग सम्पर्क गर्दा किर्ते, जालसाजी मुद्धा ब्यूरोको अधिकारभित्र पर्ने भएकाले उजुरी आएको खण्डमा छानविन गर्ने बताए ।

मंसिर २२ र २३ गते हुने नाडाको ४५औं बार्षिक साधारणसभाले नाडाको नयाँ नेतृत्व चयन गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्