Logo
Logo

पिपुल्स हाइड्रोपावरको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष


378
Shares

काठमाडौ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको ९६ लाख कित्ता शेयरको ९६ करोड बराबरको प्राथमिक शेयर निश्काशनको शेयर प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहेको छ ।

उक्त हाइड्रोपावर कम्पनीको शेयर प्रत्याभुतिकर्तासम्बन्धी सम्झौतामा शुक्रबार कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरको तर्फबाट कम्पनीका प्रबन्ध सञ्चालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका छन् ।

उक्त हाइड्रोपावरले लमजुङको दोर्दी नदीबाट ५४ मेगावट बिद्युत् उत्पादन गर्नेछ । हाइड्रोपावरको निष्काशन तथा बिक्री प्रबन्धको रुपमा सानिमा क्यापिटल रहेको छ । सम्झौतापत्र आदान–प्रदान कार्यक्रममा कोषको तर्फबाट विभागीय प्रमुख शोभा श्रेष्ठ, उपव्यवस्थापक नारायणप्रसाद घिमिरेलगायतका अधिकारी उपस्थित रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्