Logo
Logo

रियल टाइममै खाता खोल्न मिल्ने गरी ८ शाखारहित बैंकिङ सेवा



काठमाडौं । माछापुच्छरे बैंकले खोटाङ, भोजपुर र डडेलधुरामा गरी आठ शाखारहित बैकिङ सेवा एकैपटक सञ्चालनमा ल्याएको छ । बैंकले खोटाङमा पर्ने हलेसी तुबचुङ नगरपालिकाको अर्खौले र राजापानीमा २ शाखारहित बैकिङसेवा सञ्चालनमा ल्याएको छ । त्यससँगै डडेलधुरामा पर्ने वागेश्वर गाउँपालिको रुपाल र गन्यापधुरा गाउँपालिको बदलमा २ शाखारहित बैकिङ सेवा सञ्चालनमा ल्याएको छ । यसका साथै भोजपुरमा पर्ने ट्याम्के मैयुङ गाउँपालिको कोट र पाँचधारे, षडानन्द नगरपालिको साङपाङ र पौवाडुङमा गाउँपालिकाको च्याङरेमा पनि ४ शाखा रहित बैकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना ग्राहक सेवा केन्द्रमार्फत अत्यधुनिक बैकिङ सेवा पु¥याइरहेको छ ।


यो सहित माछापुच्छरे बैंक लिमिटेडको हालसम्म ५२ शाखारहित बैकिङ सेवा सुचारु भइसकेको
बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा सञ्चालित उक्त शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना ८८ वटा शाखाहरु, २ एक्सटेन्सन काउण्टरलगायत ५२ शाखा रहित बैंकिङ सेवा गरी जम्मा १४२ स्थानबाट ग्राहक सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ११० वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्