Logo
Logo

साढे दुई करोड अकुत सम्पति कमाएका कर्मचारीलाई सफाई


- दृष्टि न्युज/संवाददाता


काठमाडौैं, ५ जेठ ।
अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा खेपेका वरिष्ठ लेखा अधिकृत रामबाबु अधिकारीलाई विशेष अदालतले बिहीबार सफाइ दिएको छ । उनले दुई करोड ५४ लाख ६९ हजार आठ सय ७७ रुपैयाँ अकुत सम्पत्ति कमाएको अभियोगमा अख्तियारले दुई वर्षअघि मुद्दा दायर गरेको थियो । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा न्यायाधीशहरू द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले उनलाई सफाइ दिएको हो ।

०४६ मा पाँचौँ तहबाट सरकारी सेवामा प्रवेश गरेका लमजुङ स्थायी घर भएका अधिकारीले अस्वाभाविक सम्पत्ति आर्जन गरेको दाबीसहित आयोगले मुद्दा दायर गरेको थियो । तर, विशेष अदालतले दाबी नपुगेको फैसला गरेको छ । ०७३ सम्म उनको तीन करोड लाख ९३ हजार सात सय ३८ रुपैयाँबराबरको सम्पत्ति भेटिएको थियो । जसमध्ये दुई करोड ५४ लाख ६९ हजारबराबरको सम्पत्तिको स्रोत खुलाउन नसकेपछि आयोगले मुद्दा दायर गरेको थियो । साढे दुई करोड सम्पतिको स्रोत नखुल्दा पनि अदालतले सफाई दिएपछि अख्तियारले उनीविरुद्ध पुनरावेदन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्