Logo
Logo

राजस्व छल्ने अध्यक्षका उम्मेदवार


42.3k
Shares

काठमाडौं । भोलि बुधबार बिहान ११ बजे सोल्टी होटलमा नाडा अटोमोबाइल्स एशोसिएसनको ४५औँ साधारणसभाको उद्घाटन हुँदैछ । दुई दिनसम्म चल्ने साधारणसभाले नयाँ नेतृत्व चयन गर्दैछ ।

नाडाको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा ध्रुव थापा र करण चौधरीले आ–आफ्नो समूह बनाएका छन् । गत साता पूर्वअध्यक्षहरुको होटल मेरियटमा भएको छलफलमा सहमतिबाटै नेतृत्व चयन गर्ने भनिएता पनि नाडाका पूर्वअध्यक्ष अरुण चौधरीका कारण सहमति हुन सकेन । अरुण चौधरीले आफ्ना छोरा करण चौधरीलाई अध्यक्ष पदमा उम्मेदवार बनाएका छन् ।

कुनै पनि संस्थाको गरिमा त्यसको नेतृत्व तहमा पुग्ने व्यक्तिको पद, प्रतिष्ठा, मर्यादा र उच्च नैतिकतासँग जोडिएको हुन्छ । यस हिसाबले हेर्दा लामो समयदेखि नाडाको कार्यसमितिमा बसेर काम गरेका ध्रुव थापा उनका प्रतिद्वन्द्वी करण चौधरीभन्दा नैतिकरुपमा कयौं गुणा माथि छन् । यसैकारण नाडाको गरिमालाई उँचो राख्न थापालाई कर्पोरेट हाउसदेखि जिल्ला तहका प्रतिनिधिहरुले समर्थन जनाएका छन् ।

नाडाको नेतृत्वमा थापाको चर्चाले शिखर चुम्न थालेपछि वर्तमान अध्यक्ष कृष्ण दुलालले थापालाई हराउन प्रतिनिधिहरुको कीर्ते हस्ताक्षर गरेर ४०० भन्दा बढी प्रोक्सी मत संकलन गरेको आरोप छ । पछि पीडित प्रतिनिधिहरुले सिआईबी र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने भनेपछि दुलाल पछि हटेका छन् ।

नाडाको विधानको २१(३)मा एशोसिएसनको कार्यसमितिमा पदाधिकारी वा सदस्य निर्वाचित हुन कुनै पनि फौजदारी अभियोगमा अदालतबाट सजाय पाएको व्यक्तिलाई उम्मेदवार हुन बञ्चित गरिएको भनिए पनि अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्स नक्कली भ्याट बिल प्रकरणमा पटक–पटक अदालतबाट सजाय पाएको कम्पनी हो । जसका निर्देशक करण चौधरी नाडाका अध्यक्ष पदका उम्मेदवार छन् ।

समाचार स्रोतका अनुसार सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मिति २०७६ पुस २८ गते अरुण इन्टरकन्टिनेन्टलले गरेको भ्याट छलीका विरुद्ध फैसला गरेको छ ।

त्यति मात्र होइन, मारुती गाडी बढी मूल्यमा बिक्री गरेवापत २०७४।९।१७ गते आपूर्ति मन्त्रालयले अरुण कन्टिनेन्टल ट्रेडर्सलाई पक्राउ गरी कारबाही गर्न महानगरीय प्रहरी परिसर ललितपुरलाई पत्र लेखेको थियो । तर, अरुण चौधरी त्यतिबेला फरार भएकोले पक्राउ पर्नबाट जोगिए । पछि आर्थिक चलखेलका आधारमा सो उजुरी दबाइएको थियो । अहिले तिनै अरुण चौधरीका छोरा करण चौधरी नाडाको अध्यक्ष पदका उम्मेदवार छन् । नाडाको आडमा राजस्व छली, नक्कली भ्याट बिलबाट जोगिन अरुण चौधरीले आफ्ना छोरालाई अध्यक्षमा उठाएको चर्चा नाडामा छ ।

प्रतिक्रिया दिनुहोस्