Logo
Logo
बडुवाल हत्या प्रकरण

फरार अभियुक्तलाई इन्काउन्टर गर्न माग



धनगढी । भूपेन्द्र बडुवालका हत्यारालाई पक्राउ गरी कारबाही माग गर्दै धनगढीमा प्रदर्शन गरिएको छ । मंगलबार बडुवालका आफन्तहरुले ‘हत्याराहरूलाई कारबाही गर’, ‘हत्यारालाई धरौटीमा रिहा गर्न पाइँदैन’ भन्ने नारासहित प्रदर्शन गरेका हुन् ।

सम्पूर्ण हत्यारालाई जन्मकैद हुनुपर्ने उनीहरूको माग छ । हत्यारालाई कारबाहीको माग गर्दै उनीहरुले जिल्ला प्रहरी कार्यालयदेखि जिल्ला अदालत कैलालीसम्म प्रदर्शन गरेका हुन् । साथै उनीहरूले फरार अभियुक्तहरुलाई इन्काउन्टर गर्न मागसमेत गरेका छन् ।

कार्तिक २३ गते मंगलबार राति भूपेन्द्र बडुवालको हत्या भएको थियो । हत्या प्रकरणमा संलग्न, योजनाकार र मतियार गरी २१ जनाविरुद्ध मुद्धा दायर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।

सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै बडुवाल हत्या प्रकरण हालसम्म १२ जनालाई पक्राउ गरिएको उनले जानकारी दिए । उनका अनुसार अझै हत्यामा संलग्न ९ जना फरार रहेका छन् । उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरी उपरीक्षक अधिकारीको भनाइ छ ।

पक्राउ परेका २१ जना अभियुक्त विरुद्ध जिल्ला अदालत कैलालीमा मृद्धा दायर गरिएको एसपी विश्व अधिकारीले जानकारी दिए ।

कैलाली प्रहरीका अनुसार हालम्म पक्राउ पर्नेहरुमा महेश रावल, दीपेन्द्र शाही, आर्यन देवकोटा, मदन शाही, कपिल श्रेष्ठ, निशान्त मल्ल, विकास खड्का, प्रविन रिमाल, रोहित आले, सोहन शाह, लोकेन्द्र कुँवर र सविनजंग शाही रहेका छन् ।

यस्तै नविन रावल, चिरन्जीवी शाही, हिमाल शाही, जयेन्द्र शाही, विकास श्रेष्ठ, रोशन शाही, अशोक रावल, लोकजंग शाही र हेमन्त शाही गरी ९ जना हालसम्म फरार छन् ।

उनीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमखु तथा प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्