Logo
Logo

निगमद्वारा ‘सोभेनियर सेल्स काउण्टर’ स्थापना



काठमाडौं । नेपाल बायुसेवा निगमले निगमको टिकट बिक्री सोभेनियर सेल्स काउण्टर -Souvenir Sales Counter) को स्थापना गरेको छ ।

निगमले नेपाली मौलिक उत्पादनहरु यात्रुलाई विक्रीको रुपमा उपलब्ध गराउन टिकट विक्री कक्षामा खोलिए जस्तै सोभेनियर सेल्स काउण्टरको स्थपाना गरेको हो ।

बुधबार निगमका कार्यकारी अध्यक्ष श्री युवराज अधिकारीले उक्त सेल्स काउण्टर एक समारोहबीच उद्घाटन गरेका हुन् । केन्द्रीय कार्यलयको टिकट बिक्री कक्षामा खोलिए जस्तै सोभेनियर सेल्स काउण्टर निगमका अन्य कार्यालयहरुमा पनि क्रमशः खोल्दै जाने लक्ष्य राखिएको निगमले जनाएको छ ।

नेपालको कला संस्कृतिलाई अन्तर्राष्ट्रिय जगतमा व्यापकता प्रदान गर्दै विपन्न वर्गको सीपलााई प्रोत्साहन गर्ने र नेपाली उत्पादनलाई स्वदेशी एवम् विदेशी यात्रुहरुको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा पुर्याउने उदेश्यले निगमको टिकट बिक्री कक्षमा सोभेनियर सेल्स काउण्टरको स्थापना गरिएको हो ।

निमगका अनुसार नेपाली कच्चा पदार्थ बाँस, घाँस आदिबाट बनेका ढक्की, ब्यालेट, पर्सकासाथै कप, टि-म्याट, विमान चढ्दा सजिलोको लागि लगाउने नेक पिलो (Neck Pillow) र विमानका नमूना जस्ता सामानहअरु सेल्स काउण्टरमा उपलब्ध हुने निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्