Logo
Logo

कसैले मन पराएको छ भने त्यो मलाई नै थाहा छैन


126
Shares

नेहा बुढा उदयीमान मोडल हुन् । उनले बिभिन्न फेसन शो, ¥याम शो, म्युजिक भिडियोका साथै बिभिन्न पत्रिकाहरुमा कभर सुट गरिसकेकी छन् । कला क्षेत्रमा भविष्य खोजीरहेकी उनै १९ वर्षीया मोडल नेहा बुढासँग रेजिना पाण्डेको जम्काभेट :

मोडलिङप्रति किन आकर्षित हुनुभयो ?

म सानैदेखि हलिउडको सिनेमा, ¥याम शो भिडियोहरु हेर्थे । त्यसैको प्रभाव प¥यो । विद्यालय पढ्दा म यस्ता कार्यक्रमरुमा सहभागी भइरहन्थेँ । मैले पनि यस क्षेत्रमा केही गर्न सक्छु भन्ने आत्मविश्वास जागेपछि यस क्षेत्रमा लागेको हुँ ।

सुरुवात कसरी गर्नुभयो ?

मोडल बन्ने हुटहुटिका कारण ‘मोडल हन्ट सिजन ९’ मा सहभागी भएँ । भाग्यवश् उक्त कार्यक्रममा मैले ‘मिस सेलिबे्रटी’ को उपाधि जिते । मोडलिङ शोमा भाग लिन मलेशिया जाने मौका पनि पाएँ । यसरी मेरो मोडलिङ यात्रा सुरु भएको हो ।

मोडल हन्टमा सहभागी भएपछि सिकेको कुरा के हो ?

मलाई ‘मोडलिङ वर्क’ कसरी गर्ने ? र ¥याम शो बारे धैरै सिक्नु थियो । त्यो सबै सिक्ने अवसर पाएँ । त्यसपछि कामहरु पनि पाउदै गएँ ।

इन्टरनेशनल मोडलिङ शोमा भाग लिन मलेशिया जानुको अनुभव कस्तो रह्यो ?

मोडल हन्टको बिजेता भएपछि मलेशिया जाने मौका पाएँ, जुन प्लेटफर्मले मलाई राम्रो अवसर दियो । अन्तर्राष्ट्रियस्तरका मोडलहरुको काम देख्न पाएँ । आफ्नो काम देखाउन पाएँ ।

अन्तर्राष्ट्रिय मोडलहरुसगँ एकै ठाउँमा काम गर्न पाउँदा आत्मविश्वास बढ्यो । अरुका संस्कृतिहरु हेर्ने मौका मिल्यो । सबै भन्दा ठुलो कुरा मोडल बन्ने चाहाना राखेर मात्र हुदैन रहेछ, मोडलिङ गर्न धेरै कुरा सिक्नुपर्ने रहेछ भन्ने थाहा पाएँ ।

तपाई प्रायः कस्तो मोडलिङ गर्नुहुन्छ ?

व्यावसायिक नै हुन्छ । ब्रान्डसगँ आवद्ध भएर धैरै फेसन शोहरु जस्तैः चश्मा, ब्याग, कपडा, मोवाइल जस्ता धैरै कामहरु हुन्छन् ।

नेपालमा मोडलिङ क्षेत्रको अवस्था कस्तो पाउनु भएकोछ ?

बिस्तारै यो क्षेत्र फस्टाउँदै छ । धैरै अवसरहरु पाइरहेका छन् ।

तपाईलाई सिनेमामा रुची छ ?

हो, मलाई सिनेमाको कामको अफर पनि आएका छन् । यही रुची पुरा गर्न अभिनयको कक्षा लिएको छु ।

हाल के मा व्यस्त हुनुहुन्छ ?

फोटोसुट, म्युजिक भिडियोका कामहरु आइरहेका छन् ।

यस क्षेत्रमा महिलाहरुको सहभागिता किन बढ्दै गएको छ जस्तो लाग्छ ?

यो खुशीको कुरा हो । नयाँले अवसर पाइरहेका छन् । यो क्षेत्र फराकिलो हुदैछ । पढेर यो क्षेत्रमा आउनेको सख्या बढ्दै छ । मलाई धेरै भन्दा धैरै महिलाहरु यो क्षेत्रमा आउनु जरुरी छ जस्तो पनि लाग्छ ।

यस क्षेत्रमा काम गर्दैगर्दा तपाईलाई कहिल्यै हिंसामा परेको महशुस हुन्छ ?

पक्कै पनि भएको छ । काम गर्दै जाने क्रममा कसैको हेराईले त कसैको बोलि र व्यवहारले त्यस्तो महशुस हुन्छ ।

तपाई आफुलाई कतिको सुन्दर छु जस्तो लाग्छ ?

संसारमा म मात्र होइन सबैजना आ–आफ्नो सुन्दरता लिएर आएका छन् । सुन्दर मन, सुन्दर बिचार सबैको हुन्छ । मेरो पनि छ । ऐना हेर्दा, म आफुलाई सुन्दर ठान्छु । सायद यो ‘कन्फिडेन्स्’ होला ।

निकै राम्री हुनुहुन्छ, पे्रम प्रस्ताव कत्तिको आउँछ ?

अहिले सम्म आएको छैन । भित्रभित्रै कसैले मन पराउँछन् भने त्यो मलाई नै थाहा छैन ।

प्रतिक्रिया दिनुहोस्