Logo
Logo

कोभिड खोपको बूस्टर मात्रा ओमिक्रोनविरुद्ध प्रभावकारी



काठमाडौं । फाइजर बायोएनटेकले कोभिडविरुद्ध खोपको बूस्टर मात्राको प्रयोग भएकाले ओमिक्रोन भेरिअन्ट विरुद्ध प्रभावकारी प्रतिरक्षा विकास गरेको दाबी गरेको छ ।

अन्य भेरिअन्टविरुद्ध दुई मात्रा लगाउँदा विकास हुने एन्टिबडि अर्थात् रोग प्रतिरोधी क्षमता ओमिक्रोनविरुद्ध तीन मात्रा लगाउँदा प्राप्त हुने अमेरिकी खोप निर्माता कम्पनीको अध्ययनले जनाएको छ ।

बीबीसीका अनुसार यसअघि कोभिडविरुद्धका खोपहरू नयाँ भेरिअन्ट ओमिक्रोनबाट सङ्क्रमित भएकाहरूलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सक्षम रहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाइ सकेको छ ।

कोभिड खोपले ओमिक्रोनविरुद्ध काम गर्नसक्छ डब्ल्यूएचओले भन्यो कोरोनाभाइरसका नयाँ-नयाँ भेरिअन्टको खोप अझै प्रभावकारी छन्
विश्वभरका अध्ययनकर्ताहरूले ओमिक्रोनबारेका तथ्याङ्कलाई नजिकबाट नियालीरहेका छन्।

ओमिक्रोन हालसम्म फेला परेका कोभिडका प्रकारमध्ये सबैभन्दा बढी उत्परिवर्तित भेरिअन्ट हो । फाइजरले ओमिक्रोनलक्षित खोप विकास गरिरहेको र त्यो एकसय दिनभित्र वितरण गर्नका लागि तयार हुने जनाएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्