Logo
Logo

नाडाको मतदान जारी, थापा समूह अगाडि



काठमाडौं । नेपाल अटोमोबाइल्स डिलर एशोसिएसन (नाडा)को मतदान काठमाडौंको ताहाचलस्थित होटल सोल्टीमा जारी छ ।

कुल ३१ सय मतदाता संख्या रहेको नाडामा धुव्र थापा र करण चौधरीबीच प्रतिस्पर्धा छ । यो समाचार तयार पारिरहँदा २७ सय मत खसिसकेको छ । दुवै समूहले करिब २१ सय ‘प्रोक्सीमत’ संकलन गरेका छन् ।

नाडाका मतदाताहरुले थापा समूहले जित्ने अनुमान गरेका छन् । गोल्छा अर्गनाइजेशन, लक्ष्मी गु्रप, जगदम्बा गु्रप, ज्योती समूह र आईएमई गु्रपको समर्थन थापालाई रहेको छ ।

त्यसैगरी नाडाका अधिकांश जिल्ला प्रतिनिधिहरुले पनि मोफसल पोखराका उम्मेदवार थापालाई मतदान गरेको सोल्टी होटलमा रहेका दृष्टि सम्वाददाताले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्