Logo
Logo

बैतडीका आठ स्थानीय तहमा एकीकृत समाजवादीकाे कमिटी गठन



बैतडी । नेकपा (एकीकृत समाजवादी)ले बैतडीमा संगठन विस्तार अभियानलाई तीव्रता दिएका छ । जिल्लाका सबै स्थानीय तहमा कमिटी गठन गर्ने अभियानअन्तर्गत एकीकृत समाजवादीले हालसम्म आठ स्थानीय तहमा कमिटी गठन गरेको हो ।

एकीकृत समाजवादीले अहिलेसम्म डिलाशैनी, सिगास, दोगडाकेदार, सुर्नया गाउँपालिका, पाटन, दशरथचन्द, मेलौली र पुर्चौंडी नगरपालिकामा पालिकास्तरीय कमिटी गठन गरिएको पार्टीका जिल्ला अध्यक्ष महादेव भट्टले जानकारी दिए ।

एकीकृत समाजवादीले डिलाशैनीमा दीपक धामीको अध्यक्षतामा ५१ सदस्यीय, सिगासमा खेमसिंह धामीको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको छ भने पाटन नगरपालिकामा लोकेन्द्र विष्टको अध्यक्षतामा ५५ सदस्यीय, दोगडाकेदारमा लक्ष्मीदत्त जोशीको अध्यक्षतामा ५१ सदस्यीय गरिएको छ ।

त्यस्तै सुर्नयामा दिनेशप्रसाद भट्टको अध्यक्षतामा ६५ सदस्यीय, दशरथचन्दमा दिनेशसिंह ठगुन्नाको अध्यक्षतामा ७७ सदस्यीय, पुर्चौडीमा रमेश बोहराको अध्यक्षतामा ६१सदस्यीय, मेलौलीमा भीम भट्टको अध्यक्षतामा ६५ सदस्यीय कमिटी गठन गरिएको हो ।

गठन गरिएका सबै पालिकामा सर्वसम्मतरूपमा नेतृत्व चयन गरिएको र बाँकी रहेका पालिकामा पनि मंसिर महिनाभित्र नेतृत्व चयन गरिने जनाइएको छ । एमालेसँग विभाजन भएपछि उक्त पार्टीले संगठन विस्तारलाई तीव्रता दिएको हो । तीन महिनासम्म जारी रहने उक्त अभियानमा सबैस्तरमा कमिटी गठन गरिने जनाइएको छ ।

मंसिरमा सबै पालिकामा संगठन विस्तार गरिने र त्यसपछि संगठन सुदृढीकरणको कामलाई अघि बढाइने दशरथचन्द नगरपालिकाका अध्यक्ष ठगुन्नाले बताए ।

एमाले रहँदा महादेव भट्ट अध्यक्ष रहेको १५१ सदस्यीय समानान्तर जिल्ला कमिटी पनि एकीकृत समाजवादीमा समाहित भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्