Logo
Logo

‘पार्टी र सरकारमा महिला सहभागिता राम्रो हुँदै गएको छ’



काटमाठौं । सरकारका दुई महिला मन्त्रीले अहिले पार्टी र सरकारमा महिला सहभागिता राम्रो हुँदै गएको बताएका छन् ।

महिला सुरक्षा दबाब समूहले आज महिला मन्त्रीहरुलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ र शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अझै पनि समावेशी सहभागिताका लागि धेरै गर्न बाँकी रहेको बताए ।

मन्त्री श्रेष्ठले पार्टीभित्र आन्तरिक संघर्षबाट नेकपा माओवादी केन्द्रको विधानमा केन्द्रीय कमिटिमा ३७ प्रतिशत सुनिश्चित गरिएको बताए । पदाधिकारीमा पनि महिला सहभागिता सुनिश्चित गर्न आवाज उठाइरहेको उनले धारणा राखे ।

मन्त्रीपरिषदमा रहेका सबै महिला मन्त्री महिला अधिकारका लागि आवाज उठाउन लागिपरेको उनको भनाइ रहेको छ । उनले भने, ‘अधिकार पाउनका लागि हामी सबैले आआफ्नो पार्टीमा संघर्ष गर्नुपर्छ ।’

आफ्नो पार्टीले विगतमा भन्दा सरकार र संसदीय समितिमा महिला नेतृत्वलाई जिम्मेवारी दिन थालेको मन्त्री श्रेष्ठले जानकारी दिउ । अहिले सरकारमा महिला सहभागीता बढ्नु आन्दोलनको बलले भएको उनको भनाइ छ । आफू समूहको स्थापना कालदेखि नै जोडिएपनि पहिले अभियानका रुपमा रहेकामा यसलाई संस्थाका रुपमा दर्ता गर्दा आफू सहमत नभएको उनले बताए ।

मन्त्री झाँक्रीले प्रविधिको विकाससँगै महिला सुरक्षामा नयाँनयाँ जोखिम बढीरहेकाले यो विषय महत्वपूर्ण भएको धारणा राखे ।

इन्टरनेटको प्रयोग गरेर हुने हिंसा समाजमा चुनौतीका रुपमा देखा परेको उनको भनाइ छ । सन्तानलाई सानैदेखि नै समान रुपमा हुर्काउनुपर्नेमा उनको जोड छ । उनले भने, ‘छोरीलाई हिंसा सहनु हुँदैन भनेर र छोरालाई हिंसा गर्नु हुँदैन भनेर हुर्काउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्