Logo
Logo

मानव बेचबिखनमा परेका चार जनाको उद्धार



वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचबिखनमा परेका दुई नाबालकसहित चार जनालाई भारतबाट उद्धार गरेको छ । झापाबाट झण्डै दुई वर्ष अगाडि नाबालक छोराछोरीसहित हराएका १८ र १९ वर्षीया दुई युवतीको प्रहरीले उद्धार गरेको हो ।

दुई वर्षदेखि खोजतलास गर्दै जाने क्रममा निजहरू भारतको विहार राज्यस्थित छौँडादानो भन्ने स्थानमा आकर्षक काममा लगाइदिने भनी झुक्याइ प्रलोभनमा पारेर बेचबिखनमा परेको थाहा पाएपछि प्रहरीले उद्धार गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले माइती नेपाल पर्सा तथा भारतीय काउन्टरपार्टस्सँग समन्वय गरी चारै जनालाई उक्त स्थानबाट उद्धार गरी ल्याउन सफल भएको प्रहरीले जनाएको छ ।

उक्त मानव बेचबिखन कसुरमा सलंग्न व्यक्तिको पहिचान तथा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्