ए डिभिजन लिग : चौथो चरणका खेल आजदेखि « Drishti News – Nepalese News Portal
Logo

ए डिभिजन लिग : चौथो चरणका खेल आजदेखि


दृष्टि संवाददाता


काठमाडौं । सहिद स्मारक ुएु डिभिजन लिग फुटबलमा आज चौथो चरणका दुई खेल हुने भएका छन् । दशरथ रङ्गशालामा हुने पहिलो खेलमा दिउँसो १ बजे मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लब खेल्ने छन् ।

३ खेलमा अपराजित रहेको मनाङ ७ अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ । ३ खेलमा दुई अङ्क जोडेको फ्रेन्ड्स भने लिगको १० औँ स्थानमा छ । यस्तै, दोस्रो खेलमा बेलुका पौने ५ बजे त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लब खेल्ने छन् । ३ खेलमा ५ अङ्क जोडेको आर्मी लिगको छैटौँ स्थानमा छ । च्यासल ३ खेलमा ४ अङ्क जोडेर ९ औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्