Logo
Logo

केन्द्रीय सरकारले अनुमति नदिएपछि आइनन् ममता बेनर्जी



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भाग लिन भारतका सत्तारुढ र प्रतिपक्षी दलका नेताहरु काठमाडौं आइपुगेका छन् ।

कांग्रेसका अनुसार भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका वरिष्ठ नेता एवं सांसद हर्षवर्धन तथा अर्का सांसद हरिश द्विवेदी महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन शुक्रबार काठमाडौं आइपुगेका हुन् ।

हर्षवर्धन र द्विवेदी यसअघि हालै चितवनमा भएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १०औँ महाधिवेशनमा पनि सहभागी भएका थिए ।
यसैगरी कांग्रेस महाधिवेशनमा सहभागिताका लागि भारतको अर्को राजनीतिक दल बहुजन समाजवादी पार्टीका प्रवक्ता सुधीन्द्र भदौरिया पनि काठमाडौं आइसकेका छन् ।

यस्तै, अल इन्डिया त्रिणमूल कंग्रेसका नेता मुलुक रोय पनि नेपाल आइपुगेका छन् । तर, नेपाली कांग्रेसले निम्तो पठाएको भएपनि त्रिणमूल कंग्रेसकी अध्यक्ष तथा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी भने आइनन् । उनलाई भारतको केन्द्रीय सरकारले नेपाल भ्रमण गर्ने अनुमति नदिएपछि नआएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्