Logo
Logo

जाडोमा छालाको रोगबाट बच्न यस्ता खानेकुरा खानुहोस्



काठमाडौं । जाडो मौसममा छालाका धेरै समस्या देखिन सक्छ । जाडो मौसममा छालामा सुख्खापन आउँने छाला रुखो हुने गर्छ । उो समय अनुहार तथा शरिरका अन्य भागहरु समेत रुखो देखिने गर्छ । यो बेला खानपानमा ध्यान दियो भने छालालाई रुखो हुनबाट बचाउँने डाक्टरहरु बताउँछन् । जाडो समयमा यस्ता खानेकुरा खानु उपयुक्त हुन्छ ।

१ . तिल : तिलको लड्डु बनाएर खान सकिन्छ । तिललाई तरकारी, दाल वा रोटीमा पनि मिलाउन सकिन्छ । तिलमा मौजुद भिटामिन बि १ र भिटामिन इ हुन्छ जसले कपाल फुल्नबाट बचाउँछ ।

२.पालुङ्गो : मिठो सागका रुपमा लिइने पालुङ्गोमा फाइटोकेमिकल्स हुन्छ । कजसले कतपाईंको छाला सुख्खा हुनबाट बचाउँछ ।

३. कांक्रो : कांक्रोलाई चिलो फलका रुपमा लिइने भएपनि यसले जाडोमा कपुर्याउने फाइदा अन्य धेरै छन् । यसमा पानीको मात्रा अधिक हुनेहुँदा छाला सुख्खा हुन पाउँदैन ।

४.भुुई कटहर : भुुई कटहरमा भिटामिन सीको मात्रा अधिक हुन्छ । यसले स्किन सेलमा क्षती पुग्नबाट बचाउँछ र छाला नरम बनाइराख्छ ।

५. टमाटर : टमाटरमा लिपोइक एसिड हुन्छ, यसले पनि भुुई कटहरले जस्तै स्किन सेल क्षती हुनबाट जोगाउँछ र तपार्यंको छाला सुख्खा हुन पाउँदैन ।

६. सखरखण्ड : सखरखण्ड फाइबर रिच हुनुका साथै बीटा क्यारोटिन पनि प्रसस्त मात्रामा पाइन्छ । यसले छाला सुख्खा हुनबाट जोगाउँछ ।

७. माछा : माछामा पाइने ओमगा ३ फेटिक एसिड तत्वले छालाको नरमपना कायम राखिरहन मद्दत गर्छ ।

८.बदाम : बदाममा भिटामिन इको मात्रा उच्च हुन्छ । यसले कस्किन सेलमलाई क्षती हुनबाट जोगाउँछ । बदाममा त्यसैपनि चिल्लो पदार्थ हुन्छ । यसले पनि सुख्खा शरिरलाई ओइली बनाउन मद्यत गर्छ । जसले गर्दा त्यसको असर छालामा खासै पर्दैन ।

९.सुकेको नरिवल : सुकेको नरिवलको लड्डु, वर्फी, हलुवा बनाएर यसलई बिहान वा दिउँसो स्न्याक्सको रुपमा गर्न सकिन्छ । लड्डु बनाउनका लािग सुकेको खरिवल र मह मिलाउन सकिन्छ । यदि यसलाई अझै धेरै पौष्टिक बनाउने हो भने यसमा मुम्फली वा चना मिसाउन सकिन्छ । यसमा माइक्रो न्यूट्रियन्ट्स पनि हुन्छ जसले कपालको हाँगा फाट्ने समस्यालाई हल गर्छ र चायाबाट बचाउँछ ।

१०. अदुवाको धुलो : सुकेको अदुवाको धुलोललाई दुधरचिया वा लड्डुमा हालेर प्रयोग गर्न सकिन्छ । यसलाई यदि टाउकोमा लगाउने हो भने नरिवलको तेल वा तिलको तेलमा मिसाएर लगाउनुपर्छ । यसमा एन्टीअक्सिडेन्ट हुन्छ जसले छाला तथा कपाललाई नष्ट हुनबाट बचाउँछ ।

११. अण्डा : अण्डामा पाइने ल्युटिन तत्वले छाला कोमल बनाइराख्छ ।

प्रतिक्रिया दिनुहोस्