Logo
Logo

भन्सार अधिकृतसहित चार कर्मचारीविरुद्ध मुद्दा दायर




काठमाडौं । व्यापारीसँगको मिलेमतोमा भन्सार छलीमा सघाएको आरोपमा भन्सार अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर भएको छ ।

भद्रपुर भन्सार, झापाका भन्सार अधिकृत प्रमोद पौडेल, नासुहरु नानुका पोखरेल आचार्य, लक्ष्मी विश्वकर्मा र किशोर आचार्यविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको हो ।
एउटै कम्पनीको सामान पास गर्दा उनीहरुले एक करोड ६० लाख ७५ हजार तीन सय ७८ रुपैयाँ भन्सार छलेका थिए । सोही अनुसार बिगो बनाई विभागले मुद्दा दायर गरेको हो । राजश्व चुहावट ऐन २०५२ अनुसार भन्सार कर्मचारीको पनि संलग्नता देखिएका उनीहरुविरुद्ध समेत मुद्दा चलाउन सक्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्