Logo
Logo

गुप्तचरका एआईजी र डिआईजीको घटुवा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ जेठ ।
सरकारले राष्ट्रिय अनुसन्धान विभागका एआईजी र डिआईजीको घटुवा गरेको छ । दरबन्दी कटौतीपछि घटुवाको निर्णय भएको हो ।
एआईजी यादब रेग्मी र डिआईजी मधु कार्कीको मंगलबार एक पद घटुवाको निर्णय भएको हो । राजिनामा दिन दबाब दिएपनि नमानेपछि सरकारले घटुवा गरेको हो ।
सरकारले विभागमा १ एआईजी र नौ डिआईजी राख्ने निर्णय गरेको थियो । यसअघि देउवा सरकारले आफ्नो मान्छेको बढुवा गर्न तीन जनासम्म एआईजी राखेको थियो ।


यसअघि सशस्त्रमा पनि देउवा सरकारले चलखेका आधारमा एआईजी बढुवा गरेको थियो । उनीहरुलाई पनि घटुवा गर्ने निर्णय गरेपछि उनीहरुले पुरानो मिति राखेर राजिनामा दिएका थिए ।
संगठनलाई चुस्त बनाउन अनाबश्यक दरबन्दी कटौतीको निर्णय गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्