Logo
Logo

इन्जिनियर र सिडिईसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ जेठ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, पर्वतमा भएको भ्रष्टाचारमा पाँच जनाविरुद्ध मुद्दा दायर भएको छ । कटुवाचौपारी गुणस्तरीय खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकै पदाधिकारी मिलेर भ्रष्टाचार गरेका हनु ् । कटुवाचौपारी गुणस्तरीय खानेपानी तथा सरसफाई योजनाको प्रशोधनशाला अन्तर्गत स्लो स्यान्ड फिल्टर समेतको मिलेमतोमा अनियमितता भएको हो । अख्तियारले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका तत्कालीन ईन्जिनियर प्रेम बहादुर थापा र सि.डि.इ अमोध धितालविरुद्ध मुद्दा दायर गरकेो छ । उनीहरुले वास्तविक भएको भन्दा बढी काम भएको देखाई झुट्टा विल भरपाई समेत बनाई पेश गरी भुक्तानि लिने दिने कार्य गरेको आयोगले जनँएको छ । पाँच लाख २० हजार नौ सय ८१ रुपैयाँ बिगो दाबी गरि उनीहरुविरुद्ध मुद्दा दायर गरिएको छ ।


त्यस्तै कटुवाचौपारी गुणस्तरीय खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नारायण शर्मा लामिछाने, सचिव सुरेश बहादुर पी.सी. र कोषाध्यक्ष दिवाकर शर्मा लामिछानेविरुद्ध समेत मुद्दा दायर भएको छ । सम्पन्न नभएको खानेपानी योजना सम्पन्न भएको भनी उनीहरुले हस्तान्तरण गरेको र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट बढी रकम भुक्तानी लिई रकम झिकी हिनामिना गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्